शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हृदयाघातका कारण कोरियामा एक नेपालीको मृत्यु

शनिबार, १७ जेठ २०७७, २२ : १५
शनिबार, १७ जेठ २०७७

कास्कीको पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ ।  

भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् ।
घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आइसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए । 
केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातार जस्तै देखिएको छ । गत सोमबार मात्रै धादिङकी मैती तामाङको आफ्नो कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो । 
त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए । थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइतबार कोरियामै अन्तिम संस्कार गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप