मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गर्भवतीले जितिन् कोरोना

शनिबार, १७ जेठ २०७७, २१ : ०४
शनिबार, १७ जेठ २०७७

गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनमा सङ्क्रमण निको भएको हो । 

कोरोना सङ्क्रमणको आशङ्कामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब सङ्कलन गरी दुईपटकसम्म परीक्षण गरिएको उनले जानकारी दिए । 

भरतपुर अस्पताल कोभिड– १९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले सङ्क्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमा नै निको भएको बताए ।

यही जेठ १४ गते सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पताल पठाइएको थियो । उनी गर्भवती भएकाले भरतपुर अस्पताल पठाइएको हो । दुई पटकको परीक्षणमा कोरोनाको नतिजा नेगेटिभ आएसँगै आइतबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको डा पौडेलले जानकारी दिए । 

 उनी र उनका श्रीमान् भरतपुुर महानगरपालिका वडा नं १२ मा बस्दै आएका थिए । उनीहरु बस्ने घरका घरधनीको पनि स्वाब परीक्षणका क्रममा नेगेटिभ आइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप