भारतमा थप १ महिना लकडाउन गर्ने निर्णय, जून ८ देखि अनलकको पहिलो चरण सुरु
शनिबार, १७ जेठ २०७७, १९ : ५८

एजेन्सी । भारतमा थप एक महिना लकडाउन लम्ब्याउने निर्णय भएको छ । भारत सरकारले शनिबार उक्त निर्णय गरेको हो । भारतमा यो पाँचौ चरणको लकडाउन हो । अब मे ३१ पछि जून ३० सम्म लगातार लकडाउनमा भारत रहनेछ तर पाँचौ चरणको लकडाउनसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी भारत सरकारले गरेको छ । जसअनुसार जून ८ देखि लकडाउन खुकुलो बनाउने पहिलो चरण सुरु हुन्छ ।
पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने तयारी गरिएको छ । भारत सरकारले यसलाई अनलक चरण एक भनेको छ । दोश्रो चरणमा राज्य सरकारहरुसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने जनाइएको छ । तेश्रो चरणमा अन्तर्राष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुल लगायत खोलिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ