शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमीका नेपालमा मी १० र मी नोट १० लाइट सार्वजनिक, अनलाइनबाट खरिद गर्न सकिने

शनिबार, १७ जेठ २०७७, १९ : ३०
शनिबार, १७ जेठ २०७७

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा मी सीरीजमा दुई फ्ल्यागशिप स्मार्टफोन—मी नोट १० लाइट र मी १० लन्च गर्ने घोषणा गरेको छ ।

मी १० नेपालका लागि पहिलो र सबैभन्दा नयाँ स्मार्टफोनको प्रीमियम फ्ल्यागशिप हो जसमा १०८ मेगा पिक्सल क्वाड क्यामेरा सेटअप, ५ जी कनेक्टिभिटीका लागि क्वालकम स्न्यापड्रेगन ८६५ मोबाइल प्लाटफर्म, थ्री डी कव्र्ड एमोलेड डिस्प्ले, शक्तिशाली ४७८० एमएएच ब्याट्री, र ३० वाट वायरलेस चार्जिङ रहेको छ । 

मी नोट १० लाइटले ६.४७ इन्च एमोलेड डिस्प्ले, भर्सटाइल ६४ एमपी क्वाड क्यामेरा सेटअप, शक्तिशाली क्वालकम स्न्यापड्रेगन ७३० जी एसओसी र ठूलो क्षमता भएको ५२६० एमएएच ब्याट्री प्रदान गर्दछ । दुबै उत्पादनहरूले उत्कृष्ट विशेषताहरुको चयन गर्दै प्रीमियम स्मार्टफोन अनुभवको नयाँ उचाइहरूको प्रस्ताव गर्दछन् ।

१०८ एमपी क्वाड क्यामेरा सेटअपको साथ मी १०
यो उपकरण चरम शक्ति दक्षता र प्रदर्शनको लागि आँठ क्रायो ५८५ कोरसँग पछिल्लो फ्ल्यागशिप क्वालकम स्न्यापड्रगन ८६५ चिपसेटद्वारा संचालित छ । यसमा छिटो ५जी कनेक्टिभीटीको लागि एक्स ५५ मोडेम रहेको छ, र एकै पटकमा तीन नेटवर्कहरू (२.४ जीएचजेड वाईफाई, ५ जीएचजेड वाईफाई र मोबाइल डाटा) एकैसाथ जडानको लागि ५ जी मल्टिलिंक समर्थन गर्दछ ।

८ जीबी र्याम र १२८ जीबी वा २५६ जीबी रोम (यूएफएस ३.०) को साथ, मी १० ले द्रुत प्रतिक्रिया र एक अल्ट्रा-स्मुद अपरेटिंग अनुभव प्रदान गर्दछ । सबैभन्दा परिष्कृत कुलिंग प्रणालीको साथ जोडिएको मी १० ले लिक्विड कूल २.० प्रयोग गर्दछ जुन ठूलो भ्यापर च्याम्बर समावेश भएको, साथै स्थिर पिक पर्फमेन्स सुनिश्चित गर्न र तातोलाई हटाउनका लागि मल्टि-लेयर ग्रेफाइट र ग्राफिन स्ट्याक्स भएको एक उन्नत कूलिङ प्रणाली हो ।

मी १० ले ओआईएस सक्षम १०८ एमपी क्वाड रियर क्यामेरा सेटअपको साथ स्मार्टफोन फोटोग्राफी र भिडियोग्राफी पुनःपरिभाषित गर्दछ । प्रयोगकर्ताहरूले १०८ एमपी प्राइमरी सेन्सरको साथ नाङ्गो आँखा नदेखिने विवरणहरूको अल्ट्रा—क्लियर शटहरू पनि खिच्न सक्छन् र १२३ डिग्री एफओभीको साथ १३ एमपीको अल्ट्रा-वाइड एङ्गल लेन्सका माध्यमबाट वस्तुहरुको पूर्ण दृश्य अनुभव गर्न सक्दछन् । समर्पित म्याक्रो लेन्सले प्रयोगकर्ताहरूलाई विविड क्लोज—अप शट लिन मद्दत गर्दछ, जबकि डेप्थ सेन्सरले प्राथमिक सेन्सरलाई पोट्रेटका लागि चिल्लो बोकेह मोड बनाउन मद्दत गर्दछ । मी १० ले ३० एफपीएसमा यूएचडी ८ के भिडियो रेकर्डिंग समर्थन गर्दछ ।

मी १० मा भएका आरएडब्लू र लग मोडहरूले सिर्जनाकर्ताहरूलाई उनीहरूले सिर्जना गरेको कन्टेन्टको प्रत्येक अंशमा विशाल नियन्त्रण प्रदान गर्दछ । प्रो भिडियो मोड सुविधाहरू जस्तै कलर फोकस र स्टिडी शूट प्रत्येक प्रयोगकर्ताभित्र भएको फिल्म निर्मातालाई सिर्जना गर्न डिजाइन गरिएको हो ।

मी १० सुन्दर डिजाईन र भर्सटाइल कार्यक्षमताको पूर्ण संयोजन हो, एक चम्किलो १६.९ सीएम (६.६७ इन्च) थ्री डी कव्र्ड एमोलेड एज—टु—एज डटडिस्प्लेको साथ कलर टेक्नोलोजीले रंगको शुद्धताको उच्च डिग्रीको साथ चित्रहरू पुनःउत्पादन गर्न अनुमति दिन्छ । यसको थ्रीडी कव्र्ड ग्लास डिजाईन र यथार्थवादी ह्याप्टिक प्रणालीले आरामदायी इन—ह्यान्ड महसुश गराउँन र १५० फरक परिदृश्यहरूको लागि परिष्कृत ह्याप्टिक प्रतिक्रिया सुनिश्चित गर्दछ । यस उपकरणको अगाडि र पछाडि कर्नींग गोरिला ग्लास ५ को एक मजबूत निर्माण रहेको छ ।

यसको ९० हर्ट्ज डिस्प्लेको साथ १८० हर्ट्ज टच स्याम्पिलिंग र एक उद्योग अग्रणी १२१६ सुपर लिनिएर डुअल स्टीरियो स्पिकर प्रणालीको साथ एलएचडीसी र एपीटीएक्स एडेप्टिभ कोडेकको समर्थनसँग, मी १० ले बेजोड इमर्सिभ दृश्य, अडियो र टच अनुभव प्रदान गर्दछ ।

मी १० ले ३० वाट वायर्ड चार्जिङ र विश्वको सबभन्दा छिटो ३० वाटको वायरलेस चार्जिङ प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई जहाँसुकै अन्य उपकरणहरू चार्ज गर्न अनुमति दिँदै रिभर्स वायरलेस चार्जलाई पनि समर्थन गर्दछ । शानदार चार्जिंग गतिको साथसाथै, मी १० ठूलो ४७८० एमएएच ब्याट्री र ३० वाट्ट फास्ट चार्जर इन—बक्सको साथ आउँदछ ।

मी नोट १० लाइट
फस्ट क्लास ६.४७ इन्च थ्री ठी कव्र्ड एमोलेड डिस्प्ले र पछाडि थ्री डी कव्र्ड ग्लास भएको मी नोट १० लाइटले एक प्रीमियम इन—ह्यान्ड महशुस गर्दछ । चार कुनामा स्मुद कभर्ड र टेपर्ड एजको साथ, मी नोट १० लाइटले उत्कृष्ट ९१.४ प्रतिशत स्क्रीन—टु बडी अनुपात दिन्छ जुन निश्चित रूपमा यसको इमर्सिभ दृश्य अनुभवको साथ आश्चर्य चकित पार्दछ ।

इन—स्क्रिन फिंगरप्रिन्ट डिटेक्टर सेन्सर अब पातलो छ, यद्यपि अत्यधिक प्रतिक्रियाशील भएकाले तपाइँलाई तत्कालै एक झप्कोमा आफ्नो दैनिक तालिका अनलक गर्न अनुमति दिन्छ । दुबै उपकरणको अगाडि र पछाडि कोर्निङ गोरिला ग्लास ५ द्वारा सुरक्षित गरिएको छ ।

यस उपकरणले उत्कृष्ट गुणस्तरको क्यामेरा क्षमताहरू पनि प्रदान गर्दछ । यसको बहउपयोगी ६४ एमपी क्वाड क्यामेरा सेटिङ र उद्योगकै अग्रणी सोनी आईएमएक्स ६८६ सेन्सरलाई छिटो तस्विरहरूको लागि, र अल्ट्रा—वाइड एङ्गल फोटोहरूको लागि समर्पित सेन्सरहरू, नजिकको म्याक्रो शटहरू, र भव्य चित्रहरूको प्याक प्रदान गर्दछ । ९६० एफपीएस स्लो मोशन क्याप्चर, ४ के भिडियो शुटिङ र भ्लग मोड जस्ता प्रेरणादायक कार्यहरूको साथ साथ, मी नोट १० लाइटले तपाईंको दिन र रातको उत्तम पलहरु खिच्नका लागि उत्कृष्ट उपकरण प्रदान गर्दछ ।

कार्य सम्पादनको फ्रन्टमा, मी नोट १० लाइटले क्वालकम स्न्यापड्रेगन ७३० जी मोबाइल प्लेटफर्म र ८एनएम प्रोसेस टेक्नोलोजीको साथ तपाईंलाई कुनै पनि समयमा अल्ट्रा—स्मूद मोबाइल अनुभव प्रदान गर्दछ । यसको विशाल ५२६० एमएएच ब्याट्रीले गर्दा एक पटक चार्ज गरेर दुई दिने प्रयोग गर्न सकिन्छ । र ईन—बक्स ३० वाट्ट फास्ट चार्जरको साथ, यो नयाँ उपकरणले बिनारुकावट काम र खेलका लागि तपाईंको स्टर्ड् साइडकिकको रूपमा काम गर्दछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमीमा हामी नवीनताका लागि नयाँ बेन्चमार्क स्थापना गर्ने र प्रविधिको यथास्थितिमा नवीन परिवर्तन ल्याउँनमा विश्वास गर्छौं । हामी आज सार्वजनिक भएका यी दुबै स्मार्टफोनहरूसँग पनि यही आशा राख्दछौं । मी नोट १० लाइट प्रीमियम डिस्प्ले, भर्सटाइल क्वाड क्यामेरा अनुभव र ३० वाट फास्ट चार्जिंग समर्थन गर्ने एक विशाल ५२६० एमएएच ब्याट्रीका साथ उत्कृष्ट विशेषता र सुलभ मूल्य निर्धारणको एक उत्कृष्ट संयोजन हो ।’

मुल्य र उपलब्धता
-मी १० दुईवटा कलर भेरियन्टमा उपलब्ध हुनेछ । ट्वी लाइट ग्रे र कोरल ग्रिन ८ जीबी + २५६ जीबी भेरियन्टमा रु ८९,९९९ मुल्यमा उपलब्ध हुनेछ ।
-मी नोट १० लाइट ६जीबी + १२८जीबी भेरियन्टमा तीन कलर अप्सनहरुमा उपलब्ध छ । मिडनाइट ब्ल्याक, ग्लेसियर ह्वाइट र नेबुला पर्पलमा रु ४४,९९९ मुल्यमा उपलब्ध हुनेछ ।

दुवै फोनहरु खरिदका लागि अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपी र सस्तो डिलमा छिटै उपलब्ध हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप