बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा कोरोना जितेर थप एक जना डिस्चार्ज

शनिबार, १७ जेठ २०७७, १९ : ०१
शनिबार, १७ जेठ २०७७

जनकपुर । थप एक जना कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । महोत्तरी घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिकामा बस्दै आएका एक पुस्तक व्यवसायी कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

३५ वर्षीय व्यवसायी विजय चौधरीले १९ दिनपछि कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका हुन् ।  उनले प्रादेशिक अस्पताल स्थित आइसोलेशन कक्षमा भर्ना भएदेखि नै व्यवस्थापन देखि खानपानमा निकै कमीकमजोरी गर्ने गरेको गुनासो गरे । 

आइसोलेशनमा उपचारको क्रममा प्रादेशिक अस्पतालले गर्नुपर्ने सामान्य सुविधा समेत उपलब्ध नरहेको भन्दै व्यवसायी चौधरीले परिस्थिति खराब भएपनि मनस्थिति बलियो भएकै कारणले कोरोनालाई जित्न सफल भएको बताए ।

गत बैशाख ३० उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै कोरोना संक्रमित भएका धनुषाका पत्रकार बीरेन्द्र रमण केहि दिन अघि मात्रै डिस्चार्ज भईसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप