शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्दिप हत्याकाण्ड : होटेल सञ्चालकसहित ८ जना पक्राउ

शनिबार, १७ जेठ २०७७, १८ : ३१
शनिबार, १७ जेठ २०७७

काठमाडौँ । मन्दिप भुजेल हत्याकाण्डको अनुसन्धानका लागि होटेल सञ्चालकसहित ८ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले शनिबार दिउँसो उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा होटेल सञ्चालकदेखि मन्दिपसँग सँगै बसेर खाने युवाहरु छन् । शुक्रबार साँझ तुलसीपुर –९ को मैनाबगरमा रहेको एक होटेलमा सँगै बसेर खाने युवाहरुसहित होटेल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुको नाम खुलाउँदा अनुसन्धानमा बाधापुग्ने भन्दै प्रहरीले नाम खुलाएको छैन । तुलसीपुको अटोभिलेजमा रेडिवारको काम गर्ने तुलसीपुर –९ को मैनावगर निवासी २८ वर्षका मन्दिप भुजेलको गए राति हत्या भएको थियो । 

मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमको लागि लगिएको छ । 

दाङका प्रहरी प्रमुख चन्द पुगे पिडितको घरमा

यसैबीच जिल्ला प्रहरी कर्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले घटनास्थलको अवलोकन गर्नुका साथै पिडितको घरमा समेत पुगेर अपराधमा संलग्नलाई छिट्टै पक्राउ गर्ने आश्वासन दिएका छन् ।

‘पिडितको घरमा पनि पुगे । मृतकको आमा र श्रीमतीसँग पनि केही कुरा बुझ्ने काम भयो,’ एसपी चन्दले भने, ‘ पिडित परिवारले दोषीलाई कारबाहीको माग गर्नुभएको छ । हामीले केहि व्यक्तिलाई नियन्त्रणमा पनि लिइसकेका छौँ । छिट्टै घटनाको सत्यतथ्य बाहिर आउँछ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप