शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्वरो आएको भनेपछि घोराहीको एक अस्पतालले बिरामीको उपचार नगरेको गुनासो

शनिबार, १७ जेठ २०७७, १८ : २४
शनिबार, १७ जेठ २०७७

दाङ । तुलसीपुरबाट उपचारको लागि आएका एक जना बिरामीलाई दाङको  घोराहीस्थित बुद्ध अन्तर्राष्ट्रिय अस्पतालले उपचार गर्न नमानेको गुनासो आएको छ । तुलसीपुर निवासी बिरामी अम्मर नेपालीलाई अस्पतालले बाहनाबाजी गरेर उपचार नगरेको हो ।  

तुलसीपुरको पाल्पा क्लिनिकले नेपालीको सामान्य उपचारपछि बुद्ध अस्पतालमा रिफर गरेपनि अस्पतालले उल्टै उपचार नगर्दा दुःख पाएको बिरामीका आफन्त सुदा नेपालीले बताइन् । 

सुरुमा भित्र बिरामी लगेको र ज्वरोको बिरामी भनेपछि अस्पतालले बिरामी राख्न नमानेको बताइन् । कोरोनाको बिरामी भनेपछि बुद्ध अस्पतालले राख्ने नगरेको सुदाको आरोप छ । 

रिफर गरेको अस्पतालमा उपचार गराउन आउँदा आफूलाई अस्पतालले ज्वरो आएको भन्दै अस्पतालको भित्रबाट निकालेर गेट बन्द गरेको नेपालीले गुनासो पोखे । 

यस विषयमा बुद्ध अस्पतालका सञ्चालक तथा चिकित्सक डा. रमेश बस्नेतले बिरामी बुद्ध अस्पतालमा आएको र पिसिआर टेस्ट गर्न प्रतिष्ठानमा बिरामी पठाइएको बताए । 

बुद्ध अस्पतालले बिरामी नराखेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ । प्रतिष्ठानले बिरामी राखेर भर्ना गरेको छ । जन्डिसको समेत बिरामी भएकाले उनको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप