शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : थप ५७ जनामा कोरोना पुष्टिसँगै संक्रमितको संख्या ५ सय ५४ पुग्यो

शनिबार, १७ जेठ २०७७, १८ : १३
शनिबार, १७ जेठ २०७७

जनकपुर । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर २ को समाजिक बिकास मन्त्रालयले गरेको दैनिक मिडिया ब्रिफिङ्गमा प्रदेश भरमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

सप्तरीमा ९, सिरहामा ११ धनुषामा ७, महोत्तरीमा ४, सर्लाहीमा १७ ,रौतहटमा ६, बारामा १ र पर्सामा २ जना गरि कुल ५७ जना नयाँ संक्रमित थपिएको समाजिक बिकास मन्त्रालयका सचिव रामप्रसाद घिमरेले जानकारी दिए ।

त्यस्तै धनुषामा अहिलेसम्म कुल धनुषामा ४९, सप्तरीमा ४३, सिरहामा २५, सर्लाहीमा ६२, महोत्तरीमा २७, रौतहटमा १८८, बारामा ५८ र पर्सामा १०२ जना गरी कुल ५ सय ५४ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले बताए ।

आज थप ५७ जना कोरोना संक्रमित भएसँगै ५ सय ४७ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप