दुई पक्षीय झडप हुँदा १० घाइते
शनिबार, १७ जेठ २०७७, १८ : १२
रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा जग्गाको विषय लिएर झडप हुँदा १० जना घाइते भएका छन् ।
वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दिया पल्टुुवामा भएको सो झडपमा स्थानीय छोरा अनिल यादव र लालबाबुु यादव गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागी वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
अन्य सामान्य घाइतेको गरुडास्थित निजि क्लिनिकमा उपचार भएको बताइएको छ ।
झडपमा धारिलो हतियार प्रयोग भएको प्रारम्भिक अनुमान रहेको डिएसपी महतोले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय उपेन्द्र यादव, रामकल्याण यादव र मदन यादव पक्राउ परेका छन् । दुई पक्षबीच जग्गाको विषयलाई लिएर शुक्रवार साँझ देखि नै विवाद सुरु भएको छ । विवादबारे थप बुझ्ने क्रम चलिरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ