ललितपुरमा भेटिएकी कोरोना संक्रमित सुत्केरी महिला

काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।
शनिबारसम्म कोरोना संक्रमितबाट मृत्यु हनुेको संख्या ६ रहेको छ भने ६६ हजार ७२९ जनाको परक्षिण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोारेनालाई जितेर घर फर्किनेको संख्या २१९ रहेको छ ।
शनिबार ललितपुरमा थप एक जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
ललितपुरमा भेटिएका संक्रमित सुत्केरी महिला रहेको खुलेको छ । सुनसरी धरान स्थायी घर भएकी २३ वर्षीया ती महिलाको जेठ १२ गते परीक्षणको लागि स्वाब संकलन गरिएको थियो ।
उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । उनले भने, ‘ती महिलाको शनिबार कोरोना पोजेटिभ आएको हो ।’
हाल ललितपुर महानगरपालिका–२७ सुनाकोठी, नख्खु खोला बस्दै आएकी ती महिला केही दिनअघि मात्रै इमाडोलमा रहेको किस्ट मेडिकल कलेज, अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएकी थिइन् ।
कोरोना पोजिटिभ देखिएपनि ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ । सुनाकोठीमा परिवारसँगै बस्दै आएको कारण उनका परिवारलाई समेत सेल्फ क्वारेन्टाइनमा राखिएको गेलालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग गगन थापाको आग्रहः शिक्षकको आवाज दमन होइन, सम्बोधन गरियोस्
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न अदालतकाे आदेश
-
मानव बेचबिखनकी अभियुक्त हतकडीसहित फरार
-
कांग्रेस सह-महामन्त्रीका छोरालाई नियन्त्रणमा लिइएको भन्ने समाचारमा सत्यता छैन : प्रहरी
-
भ्यान इनारमा खस्दा १० जनाको मृत्यु
-
कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु