शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटले किसानलाई निराश बनायो : किसान संघ

शनिबार, १७ जेठ २०७७, १७ : ५९
शनिबार, १७ जेठ २०७७

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल किसान संघले आगामी आर्थिक वर्ष २०७७, ०७८ को बजेटले किसानलाई निराश बनाएको जनाएको छ। कृषि क्षेत्रमा विनियोजित बजेटको स्वरुप देखेर किसान निराश भएको संघका अध्यक्ष भानु सिग्देलद्वारा शनिबार विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिर्जिता बन्दाबन्दीले धराशयी बनेको अर्थतन्त्र कृषि क्षेत्रमा व्यापक लगानी गरी कृषि क्रान्तिका माध्यमबाट छोटो समयमै भरथेग गर्न सकिन्छ भन्ने विश्वासमा रहेका नेपाली किसान, कृषिविज्ञहरु यो बजेटबाट निराश भएको उनले बताए ।

‘कृषिको उत्पादक क्षमता बढाउने र नयाँ रोजगारी सिर्जना गर्ने जिम्मा हिजैदेखि खासै प्रभाव देखाउन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई दिइनु उपलब्धिहीन हो,’ विज्ञप्तिमा भनिएको छ।

लक्षित वर्गसम्म पुग्न नसकेको र व्यापक अनियमितता भएको भनी गम्भीर रुपमा आलोचित व्यक्तिलाई अनुदान दिने परिपाटी कायमै राखिएको भन्दै संघले बजेटभित्र व्यवस्था गरिएका यो संयन्त्रहरुले नेपालको कृषिलाई कही नपुर्याउने निष्कर्ष निकाल्दै बजेटमा पुनरवलोकन गर्न माग गरेको छ।

साथै संघले भारत प्रवेश गरिसकेको सलह किरा निकट भविष्यमै नेपालमा पनि प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी समयमै यसको निवारणको व्यवस्था मिलाउन माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप