भरतपुरमा साइकल लेनसहितको सडक शिलान्यास
चितवन । चितवनको भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको सडक निर्माण हुने भएको छ । भरतपुर–७ को गौरीगञ्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म सडक निर्माण गर्न लागिएको हो ।
भरतपुर महानगरपालिका–७ मा निर्माण हुन लागेको सडकको आज शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको स्मार्ट सडक निर्माण गर्न लागिएको जानकारी दिइन् । उन्ले भरतपुर महानगरपालिकाका अधिकांश सडक कालोपत्र भएको र बाँकी पनि छिट्टै हुने प्रतिबद्धता जनाइन् ।
वडाध्यक्ष राजेन्द्रमणि काफ्लेका अनुसार एक हजार ३०० मिटर लामो सडकको रु नौ करोड लागत अनुमान गरिएको छ । प्रारम्भिक चरणमा रु तीन करोड ६५ लाख बजेट विनियोजन भएको छ । सडकमा फुटपाथ, ड्रेन, साइकल ट्र्याक हुनेछ । एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सुनकोशी मङ्गलदीप जेभीले निर्माणको जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति