बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम घटनाको बारेमा बोल्यो राजपा नेपाल

शनिबार, १७ जेठ २०७७, १७ : ४८
शनिबार, १७ जेठ २०७७

काठमाडौं  । राष्ट्रिय जनता पार्टी नेपालले रुकुम पश्चिम घटना जातीय भेदभाव तथा छुवाछुतकै कारण भएको ठहर गरेको छ । 

सो पार्टीको आज बसेको संसदीय दलको बैठकले नेपालको संविधानमा विद्यमान कानुनी प्रावधान अनुसार यसखाले घटना अत्यन्तै निन्दनीय तथा अमानवीय अपराध एवं मानव समाजको लागि लज्जाको विषय बनेको ठहर गरेको छ । 
जाजरकोट जिल्ला भेरी नगरपालिका ४ निवास नवराज विक र रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ निवासी किशोरीबीच रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निष्कर्ष सहित नवराज विक केही साथीहरु सहित किशोरीकै सल्लाह बमोजिम जेठ १० गते उनको घरतर्फ जाँदै गर्दा भएको विवादमा नवराज विक सहित पाँचजनाको निधन हुनुका साथै एकजना वेपत्ता समेत भएका थिए । 

सो घटनाको बारेमा अनुसन्धान गरी दोषीमाथि कानुनी कारवाही गर्न माग गर्दै राजपा नेपालले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग समेत गरेको छ । राजपाले संसदीय छानविन समिति गठन गर्न समेत माग गरेको छ ।

यसअघि नै राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी गठन भएको भएपनि पार्टी आधिकारिक रुपमा दर्ता भइनसकेकाले दुबै पार्टी हालपनि अस्तित्वमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप