एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
शनिबार, १७ जेठ २०७७, १७ : ११
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-६ बाहखा बजारस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर ठिमी नगरपालिका-६ नगदेश बस्ने २१ बर्षीय सचिन तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त बैंकको एटिएम फुटाउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।
तामाङको साथबाट मेशिन फुटाउन प्रयोग गरेको ह्याम्बर १ थान, स्क्रु १ थान, एटिएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।