
जब बाँदरले लुट्यो कोरोना संक्रमितको रगतको नमुना

भारतको उत्तर प्रदेशस्थित मेरुटको एक सरकारी अस्पतालबाट बाँदरको झुण्डले सम्भावित कोरोनाभाइरस संक्रमितको रगतको नमुना लुटेको छ ।
यो घटना बिहीबार लाला राजपुत राइ मेमोरियल मेडिकल कलेज र अस्पतालमा घटेको हो । कोभिड–१९ मा कार्यरत एक ल्याब एसिस्टेन्टले उक्त नमुनालाई जाँचका लागि लैजादै गर्दा उनको हातबाट बाँदरले त्यसलाई थुतेका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. धिरज बलियानका अनुसार तीनवटा नमुना भएको बाकसलाई बाँदरले थुतेर लगेका थिए ।
अस्पतालका प्रमुख एसके गार्गका अनुसार ती कोभिड–१९ को स्वाबको नमुना नभएर रगतको नमुना भएको स्पष्ट पारे ।
नमुना लुटेपछि बाँदर रुखमा चढेको र रगतको प्याकेट चपाएपछि त्यसलाई फालिदिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्टका अनुसार उक्त रगतको सम्पर्कमा कोही पनि नआएको र अस्पतालका अधिकारीहरुले सो क्षेत्रलाई स्यानिटाइज गर्नुका साथै बाँदरले लुटेको स्याम्पललाई डिस्पोज गरिसिकिएको छ ।
अस्पतालले प्रशासनले यस घटनाबारे छानविन गरिरहेको जनाएको छ । भारतमा १ लाख ६५ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ४७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
स्रोत : सीएनएन

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ