शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झाँझपुल-कटहरिया सडक खण्डमा १ वर्ष नबित्दै उक्कियो कालोपत्रे, दैनिक दुर्घटना बढ्यो

शनिबार, १७ जेठ २०७७, १६ : ०८
शनिबार, १७ जेठ २०७७

रौतहट । रौतहटको मध्यभाग झाँझपुलदेखी कटहरिया सडकखण्डको कालोपत्रे एकवर्ष नबित्दै ग्राभेलमा परिणत भएको छ । उक्त सडकखण्डको फतेपुरदेखी कटहरिया बजार सम्मको दर्जनौ स्थानमा कालोपत्रे उप्किएर बाटोमा  दैनिक दुुर्घटना भइरहेको छ ।

बाटो निर्माणको ठेक्का लिएको कन्काई निर्माण सेवाले गुुणस्तरहिन काम गरेकाले एकवर्ष भित्रै कालोपत्रे बाटो ग्राभेलमा रुपान्तरण भएको हो । बाटो फुटेर ठाँउ ठाँउमा दुुईदेखी तीन फिट सम्मको खाडल बनेका कारण दैनिक दुुर्घटना भइरहेको हो ।

शुक्रवार दिउँसो उक्त सडकखण्डको बलवा गाउँ नजिकै खाडलमा परेर पत्रकार कृष्ण तिवारीको मोटरसाईकल दुुर्घटना भयो । सो दुर्घटनामा उनी घाइते भएका छन् । तिवारी एउटा उदाहरण मात्र हुन्, सो रुटमा दैनिक दर्जन बढी सवारीसाधन दुर्घटना भइएरहेको कटहरियाका पूर्व गाविस अध्यक्ष जयप्रकाश यादवले बताए ।

झण्डै ८ करोडको हाराहारीमा ठेक्का पाएको कन्काई निर्माण सेवाले उक्त सडकको निर्माण सुुरु गर्दा गुुणस्तरहिन काम भइरहेको भन्दै स्थानीय युवाहरुले महिना दिनभन्दा बढी समय अवरुद्ध गरेका थिए । पछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका तत्कालीन इन्जिनियर श्यामनारायण मिश्रले युुवाहरुलाई सम्झाई बुुझाई सडक निर्माणको काम सुुरु गराएका थिए ।

उक्त सडक निर्माणमा ग्राभेल राम्ररी नपेलेको र कालोपत्रे पिच पनि कमजोर राखेकाले एकवर्ष भित्रै ठाँउ–ठाँउमा फुटेर खाल्टो बनेको युवा संघका केन्द्रिय सदस्य राकेश गिरीले दाबी गरे । सडक डिविजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साहले निर्माणको काम राम्रो नभएकै कारण ठेकेदार कम्पनीको धरौटी रोकेर राखेको बताएका छन् ।

उनले उक्त सडकखण्डको खाडल भएको स्थानमा तत्काल ग्राभलले पुरेर बाटो बनाउन र लकडाउन खुकुुलो हुनासाथ फुुटेको स्थानमा कालोपत्रे गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइसकेको जानकारी दिए । गौर–चन्द्रपुर सडकखण्ड बाहेक रौतहटका अधिकांश स्थानमा निर्माण भएको कालोपत्रे कमजोर भएका कारण बर्ष दिनभित्रै फुटने गरेको देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप