प्रदेश प्रमुख शेरचनको कोरोना परीक्षण
कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको आज स्वास्थ्य परीक्षणसहित स्वाब लिइएको छ । प्रदेश प्रमुखबाट जेठ १८ गते आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उनीसहित सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीको पिसिआर विधिबाट परीक्षण गरिएको हो ।
प्रदेश प्रमुख शेरचन, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलासहित स्वकीय सचिवालयमा कार्यरत कर्मचारी एवं सुरक्षाकर्मी गरी ४० जनाको स्वाब लिइएको प्रदेश प्रमुखका प्रेस संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिए । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदी, मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान), गण्डकी प्रदेशका अध्यक्ष सूर्य पोखरेल, ल्याब प्राविधिकद्वय राजेन्द्र पौडेल र सुशीला कार्कीलगायतको टोलीले परीक्षण गरेको हो । यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत मन्त्री र सम्पूर्ण प्रदेशसभा सदस्य, प्रदेशसभाका कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु