आज लकडाउनको ६८ औं दिनः सवारी साधन र मानिसहरुको आवागमन न्यून
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सकारले लागू गरेको लकडाउनको आज ६८ दिन पुगेको छ । गत चैत ११ गते देखि लागू भएको लकडाउन जेठ २० गते सम्मका लागि तोकिएको छ । लामो समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर पनि लकडाउनको पालना भएको पाइएको छ । शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधन र मानिसहरुको आवागमन न्यून देखिएको छ । उपत्यकाका मूख्य सडकहरुमा अत्यावश्यक सेवा र पासवाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् ।
प्रहरीले सवारी साधनको जाँचलाई कडाई गरेको छ । अत्यावश्यक सेवा र पास नलिइ सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । त्यस्तै सडकमा मानिसहरुको आवागमन पनि देखिँदैन् । उपत्यकाका भित्री सडकहरुमा पनि लकडाउनको पालना भएको पाइएको छ । सबै पसलहरु बन्द छन् भने मानिसहरुको आवागमन पनि न्यून छन् । अत्यावश्यक खाद्य सामग्री र तरकारीका पसलहरु बिहान र बेलुका खुल्ने गरेका छन् । मानिसहरु सामाजिक दुरीलाई कायम गर्दै आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो गरेको नियमित प्रेस ब्रिफिङअनुसार नेपालमा कूल १ हजार २ सय १२ जनामा कोरोना भाइरस संक्रमण देखापरेको छ । जसमध्ये २ सय ६ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ । यस्तै शुक्रबार सम्म कूल ६४ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण भएको छ । कूल ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् भने १ हजार जना आइसोलेसनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा