जोन सिनाले रणवीर सिंहलाई बनाइदिए ‘स्टोन कोल्ड सिंह’
शनिबार, १७ जेठ २०७७, १३ : ४९
चर्चित डब्ल्यूडब्ल्यूई रेसलर, मोडल तथा नायक जोन सिनालाई नचिन्ने सायदै कोही होलान् । उनको फ्यान फलोविङ निकै राम्रो छ । उनी सोसल मिडियामा निकै सक्रिय रहन्छन् र बलिउडमा पनि निकै रुची राख्छन् । जोन सिनाले रणवीर सिंहको एउटा निकै रोचक तस्बिर सोसल मिडियामा सेयर गरेका छन् ।
जोन सिनाले रणवीर सिंहको एउटा फोटोशप गरिएको फोटो सेयर गरेका छन् जसलाई उनले रणवीरले ‘स्टोन कोल्ड सिंह’ नाम लिएका छन् । यो फोटोमा रेसलर स्टोन कोल्ड र रणवीर सिंहको लुक्सलाई मिसाइएको छ ।
उक्त फोटोमा रणवीर सिंहले पनि कमेन्ट सेक्सनमा लाफिङ इमोजी राखिदिएका छन् ।
रणवीर सिंहको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनको फिल्म ‘८३’ रिलिजको तयारीमा छ तर कोरोनाभाइरसका कारण यसो हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा