शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको होटल मामा भान्जाबाट २ जोडी पक्राउ

शनिबार, १७ जेठ २०७७, १३ : ४८
शनिबार, १७ जेठ २०७७

रौतहट । रौतहटको चन्द्रपुरस्थित होटल मामा भान्जाबाट २ जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यौनजन्य धन्दा गरेको आशंकामा प्रहरीले २ युवती र २ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । होटल मामा भान्जामा लामो समयदेखि यौन व्यापार हुने सूचनाको आधारमा शुक्रबार साँझ छापामारी ४ जना लाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपी हेमबहादुर शाही ले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा रौतहटकै एकजना ५० वर्ष र अर्का ४० वर्षको पुरुष रहेका छन्। पक्राउ परेका युवती भने दुबैजना अन्य जिल्लाको भएको डिएसपी शाहीले बताए । पक्राउ परेका पुरुषको भने उनले नाम खुलाउन चाहेनन् । पक्राउ परेका चारैजना नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भैइरहेको बताए । अहिले नै मुद्दा चल्ने न चल्नेबारे भन्न मिल्दैन अनुसन्धानपछि मात्र टुंगोमा पुगिने डिएसपी शाहीले भने । पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुरको अधिकाँश होटलमा यौन व्यापार हुँदै आएको पटक–पटक गुनासो सुनिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप