शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी वायुको प्रभावले वर्षा

शनिबार, १७ जेठ २०७७, १३ : १३
शनिबार, १७ जेठ २०७७

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यी प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार वर्षा हुने भनेर लगातार दिनभर नभई बिहान र बेलुकाको केही समय हुनेछ । दिउँसो भने मौसम सफा नै रहने बताइएको छ । हाल देशभर सामान्य बदली रही केही स्थानमा वर्षा भएको छ । कतिपय स्थानमा भने अपराह्नपछि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । 

आइतबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै दिपायलमा १.४, धनगढीमा ७.५, पोखरामा ३.६ र नेपालगञ्जमा ३.२ मिलिमिटर वर्षा भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप