शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण, आइसोलेसनको अभाव

शनिबार, १७ जेठ २०७७, ११ : ५०
शनिबार, १७ जेठ २०७७

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका–१ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 

९ जना सहित १२ जना डाक्नेश्वरी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

डाक्नेश्वरी नगरपालिकाका १८ वर्षिय, २० वर्षिय, २५ वर्षिय, ३५ वर्षिय, ४१ वर्षिय, ४५ वर्षिय, ४४ वर्षिय, ४८ वर्षिय र ६० वर्षिय उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख यादवले बताए ।

शनिबार बिहानसम्ममा सप्तरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । संक्रमितको संख्या दिनहुँरुपमा बढ्न थालेपछि आइसोलेसन कक्षको अभाव भएको छ ।

जसकारणले गर्दा ती संक्रमितहरुलाई अहिले पनि क्वारेन्टाइनमै राखिएको छ ।

राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जना संक्रमितलाई राखिएको छ  भने बाँकी संक्रमितलाई सम्बन्धित पालिकाकै क्वारेन्टाइनमै राख्दा कोरोना संक्रमण फैलिने त्रास बढेको छ ।

यता, थप संक्रमितहरु बढ्न थालेपछि नयाँ ठाउँमा आइसोलेसन कक्ष बनाउने तयारी भइरहेको प्रमुख यादवले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप