केन्द्रीय संस्करण

जुम्लाका आठ स्थानीय तहलाई २ अर्ब १२ करोड बजेट

person explore access_timeजेठ १७, २०७७ chat_bubble_outline0

जुम्ला – जुम्लाका आठ  स्थानीय तहलाई संघीय सरकारले अगामी आर्थिक वर्ष २०७७/०७८का लागि दुई अर्ब १२  करोड  बजेट बिनियोजन गरेको छ ।

समानिकरण, सशर्त र समपुरक अनुदान गरी संघीय सरकारले जिल्लाका आठ स्थानीय तहलाई उक्त बजेट उपलब्ध गराएको हो ।

जिल्लाको आठ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दनाथ  नगरपालिकाले ३५ करोड ५२ लाख प्राप्त गरेको छ ।  भने सबैभन्दा कम  गोठिचौर गाउँपालिकालाई  १८ करोड बजेट बिनियोजन गरिएको छ । 

जुम्ला जिल्लाको लागि बिनियोजन बजेटः 

चन्दननाथ नगरपालिकाः रु ३५ करिड ५२ लाख 
कनकासुन्दरी गांउपालिकाः रु २७ करोड २८ लाख 
गुठीचौर गांउपालिकाः रु १८ करोड
तातोपानी गांउपालिकाः रु २७.८३ करोड
तिला गांउपालिकाः  रु २८.५२ करोड
पातरासी गांउपालिकाः रु २५.९८ करोड
सिंजा गांउपालिकाः  रु २४.३१ करोड
हिमा गांउपालिकाः  रु २४.६७ करोड

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.