बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा कोरोना संक्रमितको संख्या २५ पुग्यो

शनिबार, १७ जेठ २०७७, १० : ४५
शनिबार, १७ जेठ २०७७

सिरहा – सिरहामा थप ११जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवका अनुसार लहान नगरपालिकाका ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्का एक जनाको ठेगाना नखुलेका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । 

आज कोरोना संक्रमण पुष्टि भएको  २८, २९, ३३ वर्ष समूहका पुरुषहरु र उनीहरु भारतको विभिन्न ठाउँबाट आएका सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई  धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

योसँगै सिरहामा  कोरोना संक्रममितको संख्या २५ पुगेको छ जसमा  २ जना सुरक्षाकर्मी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप