शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमाथि आक्रमण गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

शनिबार, १७ जेठ २०७७, १० : ०३
शनिबार, १७ जेठ २०७७

रौतहट – रौतहटस्थित प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एकजना वडाअध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आक्रमणको आरोपमा गुजरा नगरपालिका–४ का वडा अध्यक्ष पवनराज गिरिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

भारतको विभिन्न सहरबाट गुजरा आएका ७८ जनालाई उपमेयर रौषन खातुन शेखले सिम्राभवानिपुर क्वारेन्टाइनमा लैजान खोज्दा वडाअध्यक्ष गिरिले माबी कनकपुरमा लग्नु पर्छ भनी अडान गरेपछि शुक्रबार साँझ विवाद सुरु भएको थियो । 

बिहिवार साँझ आएका उनीहरुलाई शुक्रबार साँझ सिम्राभवानिपुरस्थित क्वारेन्टाइनमा लग्ने क्रममा उपमेयर शेख र वडाअध्यक्ष गिरिबीच भनाभन  भएको स्थानीय शेख बदरुदिनले बताए  । 

लगत्तै  प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिसोर साहको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । 

प्रहरीले भीड नगर्न र सिम्राभवानिपुर क्वारेन्टाइनमा बाहिर बाट आएकालाई लैजान भनेपछि वडाअध्यक्ष पवनराज गिरि पक्षका मानिसहरुले प्रहरीटोली माथि ढुङ्गा मुढा सुरु गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए  ।

आक्रमणमा इन्स्पेक्टर साहको देब्रे हातमा चोट लागेको र मोबाइल समेत फुटेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । 

प्रहरीमाथि आक्रमण गरेको आरोपमा वडा अध्यक्ष गिरि पक्राउ परेको र एकजना अर्का फरार रहेको उनले बताएका छन् । 

गिरि हाल जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले जानकारी दिए  । यसअघि रौतहटको इशनाथ,मौलापुर र कटहरियामा प्रहरी टोलीमाथि विभिन्न बहानामा आक्रमण भएको थियोे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप