शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा पनि घटेन तस्करी, प्रहरीद्वारा तस्करीका सामान बरामद

शनिबार, १७ जेठ २०७७, ०९ : ३०
शनिबार, १७ जेठ २०७७

परासी – लकडाउनमा पनि नवपरासीमा तस्करी घटेको छैन । स्थानीय तस्करहरु विभिन्न अवैधबाटो प्रयोग गरी विभिन्न सर–सामानको तस्करी गर्दै आएको पाइएको छ । 

कोरोना महामारीका बेलामा सीमामा उच्च निगरानी राख्न सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बावजुद पनि स्थानीय तस्करहरु सुरक्षाकर्मीको आँखा छली रातिको समयमा खेत र खोलाको बाटो प्रयोग गरि कपडालत्ता, भाँडाकुडा, खाद्यान्न, विउबिजन, औषधी र हार्डवेयर, रक्सी, कुखुराको चल्ला,लगायतका सर–सामानको तस्करी गर्दै आएको महेसपुरका स्थानीय बताउँछन् । 

यतिबेला लकडाउन पालन गराउन र सीमामा निगरानी गर्न सुरक्षाकर्मीहरु खटिरहेका बेला मौका छोपी तस्करहरु भारतीय तस्करलाई सामान दशगजामा ल्याउन लगाउने र उक्त समान आफूहरु दशगजाबाट नेपाल ओसार्ने गरेको स्थानीयले बताएका छन् ।

मालसमान बरामद

गत बिहिवार जेष्ठ १५ गतेपनि तस्करहरु विभिन्न सर–समानको तस्करी गर्दा उक्त समानहरु प्रहरीले बरामद गरेको छ भने तस्करहरु फरार भएका छन् । प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका १ रम्पुरवाँ नाकाबाट उक्त तस्करीका सामानहरु बरामद गरेको हो । 

सिमा निगरानीका लागि गस्तीमा खटिएको प्रहरी टोलीले, तस्करहरु खेतको बाटो हुँदै अवैध रुपमा उक्त सर–सामानहरु नेपाल भित्र्याइरहेको अवस्थामा १ लाख ८१ हजार ९३० रुपैयाँ मुल्य बराबरको मालसमान बरामद गरेको हो । प्रहरीका अनुसार २९ हजार ७३० रुपैया बराबरको कपडालत्ता, १ लाख ५ हजार ४५० रुपैयाँ बराबरको औषधि, ४० हजारको घाँसको विउ र ६ हजार ७५० रुपैयाँ बराबरको मोटरसाईकलको पार्टसहरु बरामद भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ्गले जानकारी दिएको छ । 

भन्सार छली नेपाल भित्र्याउन खोजिएको उक्त बरामद सरसमानहरु आवश्यक कारबाहीको लागि जिल्लाको महेसपुर भन्सार कार्यालय पठाइएको छ । यहाँ भन्दा पहिला पनि प्रहरीले विभिन्न सरसमानहरु बरामद गरि भन्सार पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप