बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा अलपत्र २५ हजारलाई नेपाल ल्याइँदै

शनिबार, १७ जेठ २०७७, ०७ : ४७
शनिबार, १७ जेठ २०७७

काठमाडौं – सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकतामा आधारमा उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको छ ।

सरकारले विदेशमा अलपत्र २५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य सुरु गरेको हो ।

स्देश फर्कन चाहने विभिन्न देशमा रहेका नागरिकको विवरण १० दिनभित्र संकलन गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइएको छ । 

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्ने निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप