शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा थप १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

शुक्रबार, १६ जेठ २०७७, २२ : ०२
शुक्रबार, १६ जेठ २०७७

-उपेन्द्र न्यौपाने

जुम्ला । कर्णाली प्रदेशमा थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

शुक्रवार आएको परीक्षणको रिपोर्टअनुसार संक्रमण पुष्टि हुनेहरु सबै नारायण नगरपालिकाका रहेका छन् । उनीहरु २१ देखि ५० वर्षसम्मका सबै पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । 

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप