बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी वेबसाइट तथा सिस्टम ह्याक पछि साइबर डिफेन्सको लागि नेपालको तयारी बारे सरोकारवाला छलफलमा

शुक्रबार, १६ जेठ २०७७, २१ : ३४
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं– शनिवार आयोजना हुने दशौं श्रृंंखलाको डिजिटल संवाद कार्यक्रममा ‘साइबर डिफेन्सको लागि नेपालको तयारी’को बारेमा छलफल हुने भएको छ । शनिवार दिउँसो १ बजे जुम (अनलाइन भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म) मार्फत कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । 

पछिल्लो समय नेपालका सरकारी वेबसाइट तथा सिस्टमहरु ह्याक भइरहेको तथा विभिन्न किसिमका साइबर क्राइमहरु बढिरहेको सन्दर्भलाई लिएर कार्यक्रम आयोजना गरिएको संयोजक गणेश शाहले बताए । 

कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव अनिल दत्त, राष्ट्रिय सूचना प्रविधि केन्द«का कार्यकारी निर्देशक सुनिल पौडेल र साइबर ब्युरो, नेपाल प्रहरीका एसएसपी नबिन्द अर्याल रिसोर्स पर्सनको रुपमा रहनेछन् । यसैगरी नेपाल सरकार अर्थ मन्त्रालयका आइटी निर्देशक आदेश खड्का र नेपाल दुरसञ्चार प्राधिकरणका उप निर्देशक हिरण्य प्रसाद बास्ताकोटी पनि कार्यक्रममा रिसोर्स पर्सनको रुपमा रहने छन् । 

साइबर डिफेन्सले लागि कसरी कम गर्न सकिन्छ र साइबर सेक्युरिटीमा अहिले नेपालको अवस्था के छ भन्ने विषयमा इमिनेन्स वेजका प्रवन्ध निर्देशक नारायण कोइरालाले कार्यपत्र प्रस्तुत गर्नेछन् । यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा साइबर सेक्युरिटी क्षेत्रमा काम गरिरहेका व्यत्तिहरुको सहभागिता रहने छ । 

कार्यक्रममा सहभागिता जनाउन आयोजकलाई यो इमेल ([email protected]) मा लगइन तथा पासवर्ड अनुरोध गर्न सकिन्छ वा यो लिंकमा क्लिक गरेर रजिष्ट्रेसन फारम भर्न सकिन्छ । रजिष्ट्रेसनको लागि http://tiny.cc/s6efpz यो लिंक क्लिक गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप