आन्दोलनकारीलाई गोली हान्ने ट्रम्पको चेतावनी, उग्र प्रदर्शनकारीले लगाइदिए पुलिस चौकीमा आगो
प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लाइड नामका निहत्था अश्वेत व्यक्तिको सोमबार मृत्यु भएपछि अमेरिकाको मिन्नेसोता राज्यस्थित मिन्नियपोलिसमा लगातार विरोध प्रदर्शन भइरहेको छ । यसै क्रममा आन्दोलनकारीले प्रहरी चौकीमा आगो लगाइदिएका छन् । आन्दोलनकारीहरुले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई मृत्युदण्ड दिनुपर्नेसम्मको माग राखेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलनकारीलाई गोली हान्ने चेतावनी दिएका थिए । ‘यी ठग्सहरुले जर्ज फ्लोइडको संझनाको अपमान गरेका छन् र म त्यस्तो हुन दिन्न । भर्खरै गर्भनर टिम वाल्ससँग कुरा गरेको छु र सैनिक उनीसँगै छ भनेको छु । कठिनाईमा हामीले नियन्त्रण कायम गर्नेछौं । तर जब लुट सुरु हुन्छ, तब गोली प्रहार सुरु हुन्छ, धन्यवाद् ,’ट्रम्पले ट्वीट गरेका थिए ।
ट्वीटरसँग युद्ध
ट्रम्पको यो कडा ट्वीटले हिंसालाई मलजल गरेको र ट्वीटरको नियम उल्लंघन गरेको भन्दै सार्वजनिक भएको केही समयलगत्तै ट्वीटरले लुकाइदिएको थियो । तर, ट्वीटरले दिएको सावधानीयुक्त सन्देश पढिसकेपछि पनि ट्वीट हेर्न चाहनेहरुले हेर्नसक्छन् ।
तर ट्वीटरले यसरी सावधानी सन्देश जारी गरेपछि ट्रम्प ट्वीटरविरुद्ध नै खनिए । उनले गरेको अर्को ट्वीट यस्तो छ, ‘अतिवादी डेमोक्रेट पार्टी वा चीनका सबै झुठ र प्रापोगान्डाबारे ट्वीटरले केही गर्न सकेको छैन । उनीहरुले रिपब्लिकन, कन्जरभेटिभ्स र अमेरिकाका राष्ट्रपतिलाई निशाना बनाएका छन् । कंग्रेसले सेक्सन २३० स्थगित गर्नुपर्छ । त्यतिबेलासम्म यो कायमै रहनेछ ।’
मृत्युदण्डको माग
जर्ज फ्लोइडको सोमबार प्रहरी नियन्त्रणमै छँदा मृत्यु भएको थियो,त्यसयता अमेरिकामा निरन्तर आन्दोलन भइरहेको छ । मिन्नेसोता, मिन्नियपोलिसस्थित सडकमा लडेका यी व्यक्तिको घाँटीमा एक स्वेत प्रहरी अधिकारीले केही मिनेटसम्म आफ्नो घुँडाले थिचेका थिए, यो भिडियो अहिले भाइरल छ । अन्य तीन स्वेत प्रहरी अधिकारी पनि भिडियोमा देखिएका छन् ।
भिडियोमा फ्लोइडले अधिकारीहरुसँग याचना गरिरहेको देख्न सकिन्छ । आफ्नो शरीर चल्न छाड्नुअघि उनले ‘मैले सास फेर्न सकिँन’ भन्दै चिच्याएका छन् । यस घटनापछि फ्लोइडलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरियो ।
घटनामा संलग्न चार प्रहरी अधिकारीहरुलाई तत्कालै बर्खास्त गरियो । तर, फ्लोइडको परिवार, छिमेकी र अस्वेत समुदायका अगुवाहरुले उनीहरुविरुद्ध आपराधिक मुद्दा दायर गर्नुपर्ने र मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । ‘ यी अधिकारीहरुलाई तत्कालै पक्राउ गर्नुपर्छ र मानिसले तत्कालै न्याय चाहेका छन्,’ जर्जका भाई फिलोनेस फ्लाइडले सिएनएनसँग बिहीबार बिहान भनेका थिए,‘उनीहरुमाथि अभियोग चलाउनुपर्छ र मृत्युदण्डको सजाय हुनुपर्छ ।’
मिन्नियपोलिसमा न्याय माग्दै लगातार प्रदर्शन भइरहेको छ । आन्दोलनकारीहरुले अस्वेत जातीमाथि हुने गरेका हिंसा रोक्न अपराधिलाई कडा सजाय दिनुपर्ने, प्रहरी दमन र रंगभेद अन्त्य हुनुपर्ने माग गरेका छन् ।
यसअघि बिहीबार दिउँसो केही प्रदर्शनकारीले फ्लोइडको घटना हेरिरहेका सरकारी अधिवक्ता माइक फ्रिम्यानको हेन्नीपिन काउन्टीस्थित घरबाहिर प्रदर्शन गरेका थिए । उनीहरुले चारैजना प्रहरी अधिकारीमाथि आपराधिक मुद्दा दायर नभएसम्म प्रदर्शन जारी रहने जनाएका थिए ।
फ्रिम्यानको कार्यालयले बिहीबार विज्ञप्ती जारी गर्दै ‘पछिल्लो भिडियोमा जे देखियो, त्यसबाट स्तब्ध र दुखित भएको’ जनाएको थियो । यस कार्यालयले मिन्नेसोता अपराधि ब्युरो र एफबिआईको छानविन पूर्ण भएपछि मुद्दा अघि बढाउनेबारे निर्णय लिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा