शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन

शुक्रबार, १६ जेठ २०७७, १९ : ५३
शुक्रबार, १६ जेठ २०७७

एजेन्सी । भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ ।  लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गर्नुभएका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो ।

उनलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो । उनी ७४ वर्षका थिए ।

उनकी श्रीमती रेनु जोगी प्रदेशसभा सदस्य रहेकी छिन् भने छोरा अमित जोगी प्रदेश सभाका पूर्व सदस्य रहेका छन् । ‘स्थानीय समय अनुसार दिउसो ३ः३० मा उहाँले अन्तिम स्वास फेर्नुभयो, त्यसपछि विदा हुनुभयो’ अस्पतालका एक चिकित्सकले भने । 

उनलाई स्थानीय श्री नारायण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रश्वाससम्वन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल खेम्काले जानकारी दिए । कर्मचारीबाट राजनीतिमा प्रवेश गर्नुभएका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुँदै सन् २००० देखि २००३ सम्म मुख्यमन्त्री भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप