क्वारेन्टिनमा खाना खुवाउने विषयमा विवाद हुँदा दुई घाइते
प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ ।
मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद भएपछि दुई युवकको प्रहरीको निर्घात कुटाइबाट हात भाँचिएको पीडितले बताएका छन् ।
घटनामा स्थानीयवासी ३० वर्षीय झविलाल खत्रीको दायाँ हात भाँचिएको छ भने २० वर्षीय फनबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
जनकल्याण आधारभूत क्वारेन्टिनमा रहेकालाई खाना खुवाउने जिम्मा स्थानीयवासी खत्रीले लिएको र भात खुवाउँदा सबैलाई नपुगेपछि पुनः पकाउने भन्ने विषयमा मल्लरानी गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रबहादुर सार्कीसँग सामान्य विवाद भएको खत्रीले बताए ।
सामान्य विवादको विषयलाई लिएर प्रहरी बोलाइएको र आफूहरुको कुरा नसुनी निर्घात कुटपिट गरिएको घाइते खत्री बताउछन् ।
बुधबार बेलुका भएको घटनापछि घाइते आज मात्रै अस्पताल पुगेका छन् । वडाध्यक्ष गिरिराज पौडेलले मदिरा सेवन गरी विवाद गरेकाले प्रहरीलाई आफूहरुले बोलाएको तर क्वारेन्टिनमा कुनै कुटपिट नभएको जिकिर गरे ।
प्रहरीचौकी चुजाँठाटीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भीमबहादुर वलीले आफूले सम्झाइबुझाइ मात्र गरेको र हात भाँचिएको विषय थाहा नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार