वीरगञ्जमा २ हजार भन्दा बढी भारतीय नागरिक अलपत्र

वीरगञ्ज। भारतले आफनै देशका नागरिकलाइ प्रवेशमा रोक लगाएपछि वीरगन्जको आइसीपीमा दुई हजार भन्दा बढी भारतीय नागरिक अलपत्र परेका छन् । नेपालका विभिन्न शहर र जिल्लाबाट वीरगन्ज आइपुगेका भारतीयलाइ स्थानीय प्रशासनले भारतीय प्रहरीसँग समन्वय गरेर भारत पठाउँदै आइरहेको छ । तर शुक्रबार एकैपटक दुई हजार भन्दा बढी भारतीय आइसीपी नाकामा पुगेको र तीमध्ये ५ सय जनालाइ मात्रै भारतीय पक्षले जिम्मा लिएर लगेको छ ।
शुक्रबार ५ सय भन्दा बढिलाई भारतीय प्रशासनले जिम्मा लिन नमानेकाले १ १५ सय भन्दा बढि भारतीयहरु आइसीपीको गेट बाहिर बिहानै देखि अलपत्र परेका हुन् ।
भारतीय प्रशासनले ५ सय भन्दा बढिलाइ जिम्मा लिन नमानेकाले आइसीपीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आइसीपीको गेट बन्द गरिदिएको छ । भारत प्रवेश नपाएका भारतीयहरुले आइसिपी अगाडि होहल्ला गर्दै प्रदर्शन पनि गरेका थिए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले शुक्रबार एक्कासी दुई हजार भन्दा बढि भारतीय आइसीपीमा पुगेकाले समस्या भएको बस्नेतले रातोपाटीलाई बताए ।
तीमध्ये ५ सय जना भारतीयलाई भारतीय प्रहरीले जिृम्मा लिएर लगेको छ , सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए बाँकीलाइ जिम्मा लिन नमानेपछि १ हजार भन्दा भारतीयहरु आइसीपीको गेटमै रोकिएका हुन् । उनिहरुलाइ क्रमश शनिवार देखि भारत पठाइनसहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
-
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र