शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम पारितः मुख्यमन्त्री भन्छन्- हाम्रो नीति अनुसार केन्द्रको बजेट आयो

शुक्रबार, १६ जेठ २०७७, १९ : ०७
शुक्रबार, १६ जेठ २०७७

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड–१९ महामारी नियन्त्रण र त्यसपछि श्रृजना हुने अवस्थाको व्यवस्थापन गर्नेगरी सरकारले काम अघि बढाएको बताएका छन् । उनले प्रदेश सरकारको आगामी वर्षको बजेट यहीँ विषयमा केन्द्रित भएर आउने पनि जानकारी दिए ।

शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै  मुख्यमन्त्री पोखरेलले प्रदेशको नीति अनुसार केन्द्रको बजेट आएको भन्दै आफुहरुले अंगालेको नीति सही भएको दावी गरे । उनले भने, ‘हाम्रो नीतिअनुसार केन्द्रको बजेट आएकोछ, तसर्थ हामी ठीक ठाउँमा छौं’

कोभिड-१९ को नियन्त्रण र उपचारका लागि अहिले सरकारको ध्यान केन्द्रीत भएको भन्दै उनले सरकारले प्रयाप्त काम र तयारी गर्दागर्दै भारतीय सुरक्षा निकायको कमजोर व्यवस्थापनले ठूलो संख्यामा सीमापारीबाट नागरिक आएकाले व्यवस्थापनमा अप्ठेरो परेको बताए । ‘यो परिस्थितिजन्य जटिलता हो, केही दिन समस्या भएपनि अहिले व्यवस्थापन मिलाइएको छ’, मुख्यमन्त्री पोेखरेलको भनाई छ ।

उनले कोभिड–१९ ले प्रदेश सरकारको औचित्य स्थापित गरेको पनि बताए । ‘अहिले हामी जे गरिरहेका छौं, त्यो प्रयाप्त नहुनसक्छ, तर जति भएको छ, सक्रिय भूमिकाले भएको छ, अझै धेरै काम हुनुपर्छ भन्ने अपेक्षा राख्नु स्वाभाविकै हो’, मुख्यमन्त्री पोखरेलको भनाई छ ।

महामारी नियन्त्रण गर्न शक्तिशाली राष्ट्रले समेत घुँडा टेकिरहेको अवस्थामा महामारी नियन्त्रण गर्न सरकार सक्रिय भएर लागेको उनको दावी छ ।  उनले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने गरी काम भइहरेको र जिल्ला अस्पतालको सेवा प्रदेश सरकार स्थापनापछि सुधार भएको जानकारी दिए ।

जिल्ला अस्पताललाई कम्तीमा ५० शैयाको हुनेगरी विस्तार गर्न लागेको भन्दै सरकारको सजगताका कारण समुदायमा फैलिइ नसकेको दावी गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट शुक्रबार पारित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप