प्रदेशसभाको वैठकअघि सांसददेखि कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन
जनकपुर । प्रदेश नम्बर २ को प्रदेश सभा सञ्चालन गर्ने मिति नजिकिदै गएपछि प्रदेशसभा सदस्यदेखि कर्मचारी र सुरक्षाकर्मीको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन थालिएको छ । कोरोना कोरोना महामारीकै बीच बजेट ल्याउनुपर्ने बाध्यताका कारण प्रदेश सभाको चौथो अधिवेशन जेठ २१ गतेदेखि सुरु हुँदैछ । यो प्रदेशको प्रदेशसभा आगामी जेठ २१ गते दिउँसो १ बजे बस्ने तय भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
प्रदेशसभा हलमा सामाजिक दूरी कायम गरी ३ वटा कुर्सीको बीचमा एक कुर्सी खाली राखेर सदस्यहरुलाई बस्ने व्यवस्था गरिएको छ । यसको आन्तरिक व्यवस्थापन भईसकेको सभामुख यादवले जानकारी दिए । प्रदेश २ सरकारले आगामी असार १ गते नीति तथा कार्यक्रम र त्यसपछि बजेट ल्याउने तयारी गरेको छ । त्यसका लागि बिहिबार उपसभामुख उपमा देवको स्वाब संकलन गरेर कोरोना परीक्षणको थालनी गरेको सभामुखका प्रेस संयोजक प्रभाकर सिंहले जानकारी दिए । उनका अनुसार बिहिबारबाटै प्रदेशसभा सदस्यहरुको स्वाब संकलन गरिएको छ । स्वाब संकलन र परीक्षण ३ दिनसम्म चल्ने छ ।
यस प्रदेशमा १ सय ७ सांसद, प्रदेशसभा सचिवालयमा खटिएका ७२ सुरक्षाकर्मी र ६० जना कर्मचारी छन् । उनीहरु सवैको कोरोेना परीक्षण गरिने छ । शुक्रबारसम्म ६७ जना प्रदेशसभा सदस्य र सुरक्षाकर्मी तथा सचिवालयको कर्मचारी गरी १२४ जनाको स्वाब संकलन गरिएको छ । यसअघि मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरुको स्वाब संकलन गरी कोरोना परिक्षण भईसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान