शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखामा सेनाको कोरोना संक्रमितको शव व्यवस्थापन गर्न प्रर्दशनी

शुक्रबार, १६ जेठ २०७७, १८ : २४
शुक्रबार, १६ जेठ २०७७

काठमाडौँ । नेपाली सेनाले गोरखामा नोबल कोरोना (कोभिड–१९) संक्रमण भएर ज्यान गुमाएका मानिसको शव व्यवस्थापन सम्बन्धी प्रर्दशनी सम्पन्न गरेको छ । 

कोरोना संक्रमण भएर ज्यान गएको खण्डमा शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा नेपाली सेनाले गोरखा बजारमा प्रर्दशनी सम्पन्न गरको हो ।

शुक्रबार रण सिं दल गण र गोरखा अस्पतालको सहकार्यमा शव व्यवस्थापन सम्बन्धी प्रदर्शनी गोरखा बजारको रानीपोखरीमा रहेको सेनाको ब्यारेकमा गरिएको हो । 

रण सिं दल गणका गणपति उज्वल केसीका अनुसार कोरोना संक्रमितको ज्यान गएको खण्डमा शव व्यवस्थानको जिम्मेवारी सेनाको भएकोले कसरी गर्ने भन्ने बिषयमा सरोकारवालालाई जानकारी होस भन्ने उद्देश्यले प्रर्दशनी गरिएको हो । 

प्रदर्शनीमा संक्रमण भएको मानिसको घर वा बसोबास स्थललाई डिसइन्फेक्सन गर्नेदेखि संक्रमित व्यक्ति ओसारपसारमा संलग्न मानिस र सवारीलाई समेत डिसइन्फेक्सन गरेर देखाइएको थियो ।

गोरखा अस्पतालका सवारी चालक र नेपाली सेनाका जवानहरुले संक्रमित व्यक्तिको ज्यान गएपछि उपचाररत स्थललाई डिसइन्फेक्सन गरेर देखाउँदै शवलाई समेत व्यवस्थापन गरेर प्रदर्शनी देखाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप