केन्द्रीय संस्करण

अब आई पे रेमिटबाट पठाएको रकम कृषि विकास बैंकका कुनै पनि शाखाबाट लिन सकिने

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0

काठमाडौं– आई पे रेमिट र कृषि विकास बैंक बीच विप्रेषण कारोबार भुक्तानी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।

कृषि विकास बैंकका प्र.का.अधिकृत अनिलकुमार उपाध्यायको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आई पे रेमिटका तर्फबाट कार्यकारी निर्देशक ईन्द्रप्रसाद शर्मा र कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले हस्ताक्षर गरे ।

दुई पक्ष बीचको आपसी सहयोगले व्यवसाय वृद्धिमा ठूलो भूमिका खेल्ने भएकाले एक–अर्कालाई सहयोग गरी अगाडी बढेर जानुपर्ने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए ।

अब उप्रान्त विश्वका जुनसुकै ठाउँबाट पठाएको रकम नेपाल अधिराज्यमा रहेका कृषि विकास बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न सकिने हुँदा ग्राहकलाई थप सुविधा मिल्ने आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले बताए ।

साथै, उनले हालको परिस्थितिमा पनि ग्राहकलाई सेवा प्रदान गर्दै विभिन्न डिजिटल कम्पनीहरुसँग सहकार्य गरी डिजिटल कारोबारलाई प्राथमिकता दिने पनि बताए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.