शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बनेपामा ग्यास लिक भई आगलागी हुँदा ५ जना घाइते

शुक्रबार, १६ जेठ २०७७, १६ : ४९
शुक्रबार, १६ जेठ २०७७

बनेपा । ग्यास लिक भई आगलागी हुँदा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ तरकारी बजारमा पाँच जना घाइते भएका छन् । रुकेश ठकुरीको तीन तले घरको तेस्रो तलमा रहेको भान्छामा आज बिहान ग्यास लिक भई आगलागी हुँदा घरधनी २६ वर्षीय रुकेश ठकुरी, उनका श्रीमती २४ वर्षीया शोफिया ठकुरी र डेढ वर्षीया छोरी रचना ठकुरीका साथै उनका आफन्त १६ वर्षीय आयुश ठकुरी र मनिष शाह ठकुरी घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । 

उनले तत्काल उद्धार गरी बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाएको घाइतेको थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर वर्न सेन्टरमा सिफारिस गरी पठाएको बताए । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठामा चुरोट सल्काउने क्रममा आगलागी भएको हो । ग्यास पाइपबाट ग्यास चुहिएको अवस्थामा चुरोट सल्काउने क्रममा त्यहीबाट आगो सल्केको भन्ने बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भान्साकोठा पूर्णरुपमा क्षति भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप