केन्द्रीय संस्करण
सन्दर्भ : सगरमाथामा पहिलो मानव पाइला पुगेको दिन

कसरी पुग्यो सगरमाथामा प्रथम मानव पाइला ?

प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गेको सगरमाथा आरोहण एवं जीवनकै रोमाञ्चक कथा

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0

तेन्जिङ शेर्पा– पर्वतारोहणको क्षेत्रमा एउटा त्यस्तो अजर, अमर र सम्मानित नाम हो, जसको सम्झना नेपालमा मात्र हैन, भारतमा मात्र हैन, विश्वभर नै अति सम्मान र श्रद्धाका साथ गरिने गर्छ । नेपालको एउटा दुर्गम र विकट गाउँ त्सा–चुमा जन्मेका एउटा अति साधारण परिवारका व्यक्ति तेन्जिङको नाम मानव इतिहासकै पाटोमा अब असाधारण र अविस्मरणीय नाम बनिसकेको छ । संसारकै सर्वोच्च शिखर सगरमाथामाथि पहिलोपटक पाइला टेक्ने मान्छेको रुपमा उनी विश्व इतिहासमै अमर पात्रका रुपमा स्थापित हुन पुगेका छन् । यसरी, प्रकृतिमाथि मानव विजयको इतिहासको श्रृंखलामा तेन्जिङको नाम नमेटिने गरी लेखिनुको पछाडिको कथा कम रोचक, रोमाञ्चक र साहसिक छैन !

सगरमाथाको काखैमा जन्मेका तेन्जिङको बाल्यकालदेखिकै सपना सगरमाथाको शिखरमा पुग्ने थियो । र, आफ्नो यो सपनालाई पूरा गर्न आफ्नो जीवनका करीब २० वर्ष लामो समय तेन्जिङले सगरमाथामा  पुग्ने मानवीय प्रयासका प्रायः सबै अभियानहरुमा कुनै न कुनै रुपमा सहभागी हुँदै बिताएका थिए । यस क्रममा उनी त्यस्ता अभियानहरुमा एउटा सामान्य भरियाको रुपमा देखि लिएर सरदार एवं अभियान दलकै सम्मानित सदस्यका रुपमा समेत सहभागी भएका थिए । सगरमाथामाथि विजय हासिल गर्ने प्रयासमा लागेका सन् १९३५, १९३६, १९३८ र १९५३ का ब्रिटिश आरोहण दलका साथ मात्र हैन, सन् १९४७ मा अर्ल डेनम्यानका साथ पनि उनले सगरमाथा चढ्ने प्रयास गरेका थिए । तेन्जिङमा सगरमाथा चढ्ने कस्तो अनौठो धुन थियो भने, उनले आफ्नो जीवनका महत्वपूर्ण उर्जामय समयहरु सगरमाथा चढ्ने प्रयासमै समर्पण गरेका थिए । सगरमाथा आरोहण गरिसकेपछि एक पटक उनले भनेका थिए– ‘मेरो भित्री मनदेखिकै इच्छा नै सगरमाथाको शिखरमा जाने थियो ....... सगरमाथाको आकर्षण मेरो लागि संसारको अन्य कुनै पनि शक्तिको आकर्षणभन्दा धेरै गुना बढी शक्तिशाली थियो ।’


तेन्जिङमा सगरमाथा चढ्ने कस्तो अनौठो धुन थियो भने, उनले आफ्नो जीवनका महत्वपूर्ण उर्जामय समयहरु सगरमाथा चढ्ने प्रयासमै समर्पण गरेका थिए । सगरमाथा आरोहण गरिसकेपछि एक पटक उनले भनेका थिए– ‘मेरो भित्री मनदेखिकै इच्छा नै सगरमाथाको शिखरमा जाने थियो ....... सगरमाथाको आकर्षण मेरो लागि संसारको अन्य कुनै पनि शक्तिको आकर्षणभन्दा धेरै गुना बढी शक्तिशाली थियो ।’


वास्तवमै, तेन्जिङको सगरमाथामाथि विजय हासिल गर्ने मानव प्रयासहरुमा तेन्जिङको सहभागिता उनका समकालीन अन्य शेर्पाहरुको जस्तो जीवनयापनमा मात्रै सीमित थिएन । बरु ती सहभागिताहरु जसरी भएपनि सगरमाथा आरोहण गरी छाड्ने तेन्जिङको दृढ इच्छा, धुन र समर्पणको नतिजा थियो । त्यसैले, तेन्जिङको यो धुन, यो समर्पण र यो उत्साहलाई विश्लेषण गर्नेहरु अझै पनि भन्ने गर्छन्– वास्तवमै तेन्जिङ सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिका हकदार नै थिए ।

हुन पनि, सन् १९५३ सम्ममा सगरमाथा क्षेत्रमा सबैभन्दा बढी समय बिताउने प्रथम मानिस सम्भवतः उनी नै थिए । एडमण्ड हिलारीसँग मिलेर सगरमाथा आरोहण गर्नुभन्दा एक महिना पहिले मात्रै उनी स्वीस आरोहण दलमा सहभागी भएर रेमण्ड ल्यामबर्टका साथ सगरमाथाभन्दा करीब १ हजार फीट तलसम्म पुगेका थिए । सम्भवतः त्यसबेलासम्म संसारको सबैभन्दा अग्लो स्थानमा मान्छे पुगेको क्षण त्यही नै पहिलो थियो ।

भाग्यमानी‘भरिया केटो’

तेन्जिङलाई विश्वप्रसिद्धि दिलाउने सगरमाथाबाट करीब ३२ किलोमिटरको दूरीमा रहेको नेपालको सोलुखुम्बुस्थित एउटा दुर्गम र विकट गाउँ थामेमा बसोबास गर्ने एउटा साधारण शेर्पा परिवारमा तेन्जिङ शेर्पाको जन्म भएको थियो । तेन्जिङको परिवारको स्थायी बसोबास थामे गाउँमा थियो । तर तेन्जिङको जन्म भएको बेला उनकी आमा पूर्वी नेपालस्थित शेर्पाहरुको लागि पवित्र स्थान मानिने त्सा–चुस्थित घाङ ला नामक बिहारमा थिइन् । त्यहाँ नै उनको जन्म भएको थियो ।

तेञ्जिङ नोर्गे शेर्पाको जन्म सन् १९१४ मे महिनामा भएको हो । उनको यो जन्ममिति तिब्बती चन्द्रवर्ष पात्रोको आधारमा तोकिएको हो । किनभने त्यसबखत जन्मदर्ताको चलन थिएन । १३ जना सन्तान रहेको परिवारमा तेञ्जिङ एघारौं सन्तान थिए । 

तेन्जिङको खास नाम नाम्ग्याल वाङ्दी थियो । उनको यो नाम स्थानीय एकजना प्रसिद्ध लामाले बदलिदिएर तेन्जिङ नोर्गे राखिदिएका थिए । शेर्पा भाषामा नोर्गेको अर्थ हुन्छ– भाग्यमानी (Fortunat) अर्थात् सधैं सुखद भाग्य भएको र मौकाले साथ दिने व्यक्ति ।

याक चराउने ठिटो भागेर दार्जिलिङ पुगे !

तेन्जिङले आफ्नो बाल्यकाल उच्च हिमाली इलाकाहरुमा याक चराउँदै बिताएका थिए । करीब १३ वर्षको कलिलो उमेरमै उनी सुन्दर भविष्य निर्माणको सपना बोकेर घरबाट भागेका थिए । सगरमाथा चढ्ने आफ्नो सपना पूरा गर्ने बाटो भेटिएला कि भन्ने आशा बोकेर उनी नेपालको राजधानी काठमाडौं आएका थिए । तर काठमाडौंमा उनी टिक्न र अडिन सकेनन् । फेरि काठमाडौंमा बस्दा सगरमाथा आरोहणको आफ्नो सपना पूरा हुने छाँट पनि उनले देखेनन् । अतः उनी पुनः गाउँ फर्के ।


तेन्जिङले आफ्नो बाल्यकाल उच्च हिमाली इलाकाहरुमा याक चराउँदै बिताएका थिए । करीब १३ वर्षको कलिलो उमेरमै उनी सुन्दर भविष्य निर्माणको सपना बोकेर घरबाट भागेका थिए । सगरमाथा चढ्ने आफ्नो सपना पूरा गर्ने बाटो भेटिएला कि भन्ने आशा बोकेर उनी नेपालको राजधानी काठमाडौं आएका थिए । तर काठमाडौंमा उनी टिक्न र अडिन सकेनन् ।


त्यसको करीब पाँच वर्षपछि अर्थात् सन् १९३२ मा पहिलेजस्तै फेरि घरबाट भागेर उनी दार्जिलिङ पुगे । यसरी घरबाट भागेर दार्जिलिङ जानुको पछाडि पनि उनको एउटै इच्छाले काम गरेको थियो, त्यो हो– सगरमाथा आरोहणको प्रयासमा जुटेको ब्रिटिश दलमा कुनै पनि हालतमा सहभागी हुने र सगरमाथा चढिछाड्ने ! त्यसबेला नेपाल विदेशीहरुका लागि निषेधित थियो र त्यसबेलासम्म सगरमाथा आरोहणका जति पनि प्रयासहरु भएका थिए, उत्तरी मोहडातर्फबाट भएका थिए । यसक्रममा, सगरमाथा आरोहणका लागि भएको सन् १९२१ को पहिलो प्रयासदेखि नै ब्रिटिशहरुले दार्जिलिङमा बसोबास गरेका शेर्पाहरुलाई आरोहणमा मद्दतका लागि भरिया लगायत विभिन्न कामहरुका लागि दलमा सहभागी गराएका थिए । यही कारण नै तेन्जिङ पनि आफू ब्रिटिश आरोहण दलमा सहभागी हुन पाउने ठूलो आशा र सपना बोकेर दार्जिलिङतिर हानिएका थिए ।

जब तेन्जिङ भरिया बने !

तेन्जिङको नोर्गेका लागि सुखद् मौकाको कुरा, उनले एरिक शिप्टनले नेतृत्व गरेका सन् १९३५ को ब्रिटिश आरोहण दलमा भरियाको रुपमा सहभागी हुने अवसर पाए । त्यसबेला उनी भरखरै १९ वर्षे ठिटो थिए । यसरी, अब तेन्जिङले हिमाल आरोहणमा जाने मौका पाए । आफूले सानैदेखि देखेको सगरमाथा आरोहणमा जाने सपना साकार हुन थालेकोमा उनी हर्षले नाचे !

गोराहरुको मन जितेपछि...

सगरमाथा शिखर आरोहणको ब्रिटिश प्रयासमा सहभागी बनेको पहिलो चरणमै तेन्जिङ हिमालसँग पैठेजोरी खेल्ने आफ्ना विशिष्ट क्षमता र कलाका कारण ब्रिटिशहरुका प्रियपात्र बन्न पुगे । सन् १९३५ को यो आरोहणको बेला तेन्जिङको कठोर परिश्रम गर्ने बानी, हिमाल चढ्ने खुबी एवं सहयोगी व्यवहारले सगरमाथा आरोहणको प्रयासमा एकछत्र रुपमा जुटेका गोरा ब्रिटिशहरुको मन जित्यो । यसरी गोराहरुको मन जितेपछि त प्रत्येक ब्रिटिश आरोहण दलमा  तेन्जिङको उपस्थिति अनिवार्य जस्तै हुन थाल्यो । सन् १९३५ को आरोहण प्रयासको लगत्तै सन् १९३६ र १९३८ को ब्रिटिश आरोहण दलमा पनि तेन्जिङ समावेश गराइए ।


सगरमाथा शिखर आरोहणको ब्रिटिश प्रयासमा सहभागी बनेको पहिलो चरणमै तेन्जिङ हिमालसँग पैठेजोरी खेल्ने आफ्ना विशिष्ट क्षमता र कलाका कारण ब्रिटिशहरुका प्रियपात्र बन्न पुगे । सन् १९३५ को यो आरोहणको बेला तेन्जिङको कठोर परिश्रम गर्ने बानी, हिमाल चढ्ने खुबी एवं सहयोगी व्यवहारले सगरमाथा आरोहणको प्रयासमा एकछत्र रुपमा जुटेका गोरा ब्रिटिशहरुको मन जित्यो ।


यसबीच दोस्रो विश्वयुद्ध शुरु भयो । ब्रिटिश साम्राज्यवादको समेत सहभागितामा चर्केको दोस्रो विश्वयुद्धका कारण सगरमाथा आरोहणका ब्रिटिश प्रयासहरु स्थगित हुन पुगे । तर तेन्जिङले शिखर आरोहणका आफ्नो प्रयासलाई पूर्णविराम लगाएनन् । युद्धको अवधिबीचमा पनि उनले भारतको नन्दादेवी, पाकिस्तानको तिरिच मीर र नागा पर्वत अनि नेपालको लाङटाङ क्षेत्र र भारतको गढवाल क्षेत्रका शिखरहरु आरोहण गर्ने टोलीमा सहभागी भएर पर्वतारोहणको आफ्नो कर्मलाई जारी राखे । यसक्रममा उनी सन् १९४८ मा तिब्बतमा गरिएको पुरातात्विक अनुसन्धानमा पनि सहभागी भएका थिए । दोस्रो विश्वयुद्ध कालमा तेन्जिङले भारतीय सेनाको स्की प्रशिक्षक भएर पनि काम गरेका थिए ।

भरियाबाट सरदार बन्दासम्म !

दोस्रो विश्वयुद्धको  समाप्तिपछि संसारमा धेरै उथलपुथल र परिवर्तनहरु भए । यी उथलपुथल र परिवर्तनहरुबाट नेपाल पनि अछुतो रहन सकेन । फलतः यसअघि विदेशीहरुका लागि निषेधित नेपालका सीमाहरु पनि अब विदेशीहरुका लागि खुला गरिए । यसै समयमा तिब्बतमा पनि चिनियाँ जनवादी क्रान्ति विस्तार भयो र सामन्त र धार्मिक नेताहरु देश छाडेर भागे । अब तिब्बत क्षेत्र विदेशीहरुका लागि निषेधित क्षेत्र बन्न पुग्यो । यसले गर्दा अब उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्ने ब्रिटिश प्रयासहरुमा पनि पूर्णविराम लाग्न पुग्यो । अब सगरमाथा आरोहणको प्रयासमा पनि ब्रिटिशहरुको एकाधिपत्य रहेन ।


ब्रिटिश आरोहण दलमा भरियाको रुपमा काम गरेर सगरमाथा आरोहणको प्रयासमा जुटेका तेन्जिङ यतिबेलासम्म पर्वतारोहीहरुमाझ स्थापित नाम भइसकेको थियो । यसबेलासम्म आइपुग्दा उनी भरिया हैन, भरियाहरुका नाइके अनि पर्वतारोहीहरुलाई हिमाल चढ्न बाटो देखाउने तथा मद्दत गर्ने सरदार नै बनिसकेका थिए ।


ब्रिटिश आरोहण दलमा भरियाको रुपमा काम गरेर सगरमाथा आरोहणको प्रयासमा जुटेका तेन्जिङ यतिबेलासम्म पर्वतारोहीहरुमाझ स्थापित नाम भइसकेको थियो । यसबेलासम्म आइपुग्दा उनी भरिया हैन, भरियाहरुका नाइके अनि पर्वतारोहीहरुलाई हिमाल चढ्न बाटो देखाउने तथा मद्दत गर्ने सरदार नै बनिसकेका थिए । यसबीच, सन् १९५२ मा तेन्जिङलाई सगरमाथा आरोहणको प्रयासमा जुटेको स्वीस आरोहण दलमा सहभागी हुन बोलाइयो । यस दलमा उनलाई फगत भरिया वा अन्य त्यस्तै सहभागीका रुपमा हैन, बरु एउटा सम्मानित र अनुभवी पर्वतारोहीका रुपमा सगरमाथा आरोहणको प्रयासमा सहभागी हुन डाकिएको थियो । यस आरोहण दलमा सहभागी भएर तेन्जिङ शेर्पा लामबर्ट नाम गरेका अर्का पर्वतारोहीका साथ सगरमाथाको शिखरभन्दा ७७८ फिट तलसम्म अर्थात् २८,२५० फिटसम्म पुग्न सके । त्यसपछि हिउँदमा गरिएको दोस्रो आरोहण प्रयास चाहिँ खराब मौसमका कारण परित्याग गरिएको थियो ।

सगरमाथा आरोहणको लागि ब्रिटिशहरुको मरिहत्ते !

स्वीस आरोहण दलको यो प्रयास र यति हदको सफलताले ब्रिटिशहरुले अब प्रष्टसँग बुझे– अब सगरमाथा आरोहणको प्रयासमा ब्रिटिश एकाधिपत्य तोडियो । त्यसैले, सन् १९५३ मा उनीहरुले पुनः सगरमाथा आरोहणको प्रयास थालिहाले । परिवर्तित विश्व परिस्थितिमा  ब्रिटिशहरु मात्र हैन, सबै विदेशीहरुका लागि नेपालको सीमा खुला गरिएको सन्दर्भमा त्यसबेला ब्रिटिश आरोहण दलका पछाडि सगरमाथा आरोहण गर्न जाने अन्य विदेशी आरोहण दलहरु पालो पर्खेर बसेका थिए । यस्तो अवस्थामा ब्रिटिशहरुले प्रष्टसँग बुझेका थिए– यस पटक पनि सगरमाथा आरोहण हुन सकेन भने अब अरु कुनै पनि मुलुकले यो सम्मान उछिट्याउन सक्छ !

सन् १९५३ मा ब्रिटिशहरुले सगरमाथा चढिछाड्ने हदको मरिहत्ते गर्नुको अर्को कारण पनि थियो, त्यो हो– संसारभरि नै ब्रिटिश आधिपत्य तोडिँदै गएको बेला, आफ्नो रानीको राज्याभिषेकको मौका पारेर सगरमाथाको आरोहण गरी पुनः एक पटक विश्वसामु ब्रिटिश सर्वोच्चता साबित गर्ने ! त्यसैले यस पटक ब्रिटिशहरुले सगरमाथा चढिछाड्ने मरिहत्ते गरेका थिए ।


सन् १९५३ मा ब्रिटिशहरुले सगरमाथा चढिछाड्ने हदको मरिहत्ते गर्नुको अर्को कारण पनि थियो, त्यो हो– संसारभरि नै ब्रिटिश आधिपत्य तोडिँदै गएको बेला, आफ्नो रानीको राज्याभिषेकको मौका पारेर सगरमाथाको आरोहण गरी पुनः एक पटक विश्वसामु ब्रिटिश सर्वोच्चता साबित गर्ने ! त्यसैले यस पटक ब्रिटिशहरुले सगरमाथा चढिछाड्ने मरिहत्ते गरेका थिए ।


को को थिए आरोहण टोलीमा?

ब्रिटिशहरुले यस अभियानलाई कति महत्व दिएका थिए भने उनीहरुले अन्तिम समयमा आएर यस आरोहण दलका नेता  समेत बदलेका थिए । वास्तवमा, सन् १९५३ मे महिनामा आएको यो टोली त्यसबेलाका प्रसिद्ध बेलायती पर्वतारोही उनले इरिक शिप्टनको नेतृत्वमा सगरमाथा आरोहण गर्न आएको टोली थियो । जसले यसअघि पनि सगरमाथा चढ्ने प्रयास गर्दै आएका थिए , तर पछि इरिकका ठाउ“मा कर्णेल जोन हन्टलाई ल्याइयो । हन्ट ठाउ“ठाउ“ डुलिहिँड्ने मानिस थिए । उनी आरोहीका रूपमा त्यति प्रसिद्ध थिएनन् । तर हन्ट कुशल संयोजक थिए । उनले आफ्नो आरोहण दलमा न्युजिल्यान्डका पर्वतारोहीहरु एडमन्ड हिलारी र जर्ज लोवेका साथ त्यसबेलाका चर्चित नेपाली पर्वतारोही तेञ्जिङलाई पनि समेटे । हन्टको समूहमा चाल्र्स इभान्स (हन्टपछिका समूह नेता), जर्ज बान्ड (समूहमा सबैभन्दा कान्छा २२ वर्षे आरोही), टम बौर्दिल्लोन, अल्फ ग्रेगोरी, विल्फ्रिड नोयस, डा. माइक वार्ड, माइकल वेस्टमाकोट र चाल्र्स वाइली थिए । समूहका अर्का सदस्य डा. ग्रिफिथ पघलाई आरोहीका लागि चिकित्सकका रूपमा लिइएको थियो । डा. पघले अघिल्लो वर्ष चोयु हिमाल आरोहणका बेला भौतिक पूर्वाधार जस्तै ः आरोहीका लागि कपडा, पोषण, अक्सिजनको मात्रा (जति उचाइमा गयो, त्यसअनुसार अक्सिजन लिने काम निर्धारण गर्नुपर्ने भएकाले) का बारेमा हेरेका थिए । उनको यो काम संसारकै सबैभन्दा सर्वोच्च शिखर सगरमाथा आरोहण प्रयासको यस अभियानमा कम महत्वपूर्ण थिएन ।

समूहका अर्का सदस्य टम स्टोबार्ट आधिकारिक फिल्म निर्माताको रुपमा सहभागी भएका थिए । त्यसैगरी, जेम्स मोरिस चाहिँ बेलायती पत्रिका ‘द टाइम्स अफ लन्डन’का समाचारदाता थिए । उनलाई सांकेतिक भाषा प्रयोग गरी आरोहणको समाचार बेलायतमा जारीरहेको महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक कार्यक्रमसम्म पु¥याउने जिम्मेवारी दिइएको थियो । सरगमाथा आरोहणको यस प्रयासलाई बेलायतको रोयल जोग्राफिकल सोसाइटी र ज्वाइन्ट हिमालयन कमिटी आफ द अल्पाइन क्लबले प्रायोजन गरेको थियो ।

यस आरोहण दलका सदस्यहरुले अक्सिजन, विशेष ढाँचामा निर्माण गरिएका जुत्ता तथा पोशाक अनि बोकेर हिँड्न मिल्ने रेडियोयन्त्रहरु प्रयोग गरेका थिए । आरोहणका लागि विभिन्न आधार शिविरहरु खडा गरिएका थिए ।


यसपटक जसरी भए पनि सगरमाथाको शिखर चुम्ने विश्वासका साथ शिखरतर्फ अगाडि बढेको उक्त ब्रिटिश टोलीका सदस्यहरुमध्ये चाल्र्स इभान्स र टम बौर्दिल्लोन २८ हजार ७ सय ५० फिटको उचाइमा मे २६ का दिन पुगे । अब सगरमाथा करीब ३०० फिट पर मात्र थियो । यो भनेको अघिल्लो वर्ष स्विस टोली सरगमाथाको सर्वोच्च क्षेत्रमा पुगेको स्थानभन्दा पनि अलि माथि थियो । यसरी यसअघिसम्म मान्छे पुगेको स्थानभन्दा अझै माथि पुग्न सक्नु नै उनीहरूका लागि एउटा ठूलो विजय अनि गर्वको कुरा थियो ।


शिखरको छेवैसम्म पुगेपछि............

यसपटक जसरी भए पनि सगरमाथाको शिखर चुम्ने विश्वासका साथ शिखरतर्फ अगाडि बढेको उक्त ब्रिटिश टोलीका सदस्यहरुमध्ये चाल्र्स इभान्स र टम बौर्दिल्लोन २८ हजार ७ सय ५० फिटको उचाइमा मे २६ का दिन पुगे । अब सगरमाथा करीब ३०० फिट पर मात्र थियो । यो भनेको अघिल्लो वर्ष स्विस टोली सरगमाथाको सर्वोच्च क्षेत्रमा पुगेको स्थानभन्दा पनि अलि माथि थियो । यसरी यसअघिसम्म मान्छे पुगेको स्थानभन्दा अझै माथि पुग्न सक्नु नै उनीहरूका लागि एउटा ठूलो विजय अनि गर्वको कुरा थियो । अब इभान्स र बोर्दिल्लोन सगरमाथाको शिखरतर्फ बढ्ने तरखरमा जुटे । तर दुर्भाग्यको कुरा, यी दुई पर्वतारोहीहरुले बोकेका अक्सिजनका सिलिण्डरमध्ये अक्सिजन उपलब्ध गराइरहेको एउटा संयन्त्रमा गढबढी आएपछि ठूलो समस्या आइप¥यो । त्यसपछि उनीहरुले आफ्नो आरोहण प्रयासलाई अघि बढाउन नसक्ने भए । त्यसैले, बडो दुःख मान्दै उनीहरुले आरोहण परित्याग गरे ।

तेन्जिङ र हिलारी जुर्मुराए !

चार्ल्स इभान्स र टम बौर्दिल्लोनले आरोहण त्यागेपछि त्यसै समूहबाट शिखरमा पुग्नसक्ने सक्षम आरोहीका रूपमा एडमन्ड हिलारी र तेञ्जिङ शेर्पाको नाम लिइयो । यी दुई साहसी पर्वतारोही सगरमाथा विजयको उत्साह बोकेर त्यस दिशामा अगाडि बढ्न जुर्मुराए । उनीहरुलाई जसरी भए पनि शिखरमा पु¥याइछाड्नका लागि ‘साउथ कोल’भन्दा माथि २७ हजार ९ सय फिटमा एउटा शिविर खडा गरियो । मे २८ तारिखका दिन उज्यालो हुनुभन्दा पहिले शरीर तताउनेलगायतका तयारीहरु पूरा गरिए । शरीरमा पानीको कमी हुन नदिन प्रशस्त पानी पिउनु पर्ने भएकाले कुकरमा हिउ“ पगालियो । तेङबोचेको गुम्बामा आरोहीका लागि लामाहरुले नियमित प्रार्थना गरे । बिहानको ६ बजेर ३० मिनेट जा“दा सबै तयारी पूरा गरी एडमन्ड हिलारी र तेञ्जिङ शेर्पा शिखरतर्फ लम्किए ।

शिखरतर्फ अगाडि बढ्दै जाँदा......

ब्रिटिश आरोहण दलमा समावेश भएर सगरमाथा विजय अभियानमा सातौं पटक जुटेका तेन्जिङ र उनका साथमा रहेका न्यूजील्याण्डका पर्वतारोही अब सरगमाथाको शिखरमा पुगिछाड्ने दृढलक्ष्यका साथ, शिखरतर्फको दुरुह, कठीन र विकट यात्रामा अगाडि बढे । शिखरतर्फको यात्रा सुगम थिएन । आरोहण प्रयासको सबैभन्दा कठीन र चुनौतीपूर्ण क्षण त अब आइपुगेको थियो । तर तेन्जिङले पर्वतारोहणको खतरा तथा त्यससँग आफूलाई कसरी समन्वय गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेका थिए । पर्वतारोहणको क्रममा आउने समस्याहरुलाई जबर्जस्ती मिच्न खोज्ने हैन, त्यसलाई सम्मान गरेर त्यसबाट पन्छिने तथा पर्खिने बाटो र उपायहरु उनलाई राम्ररी थाहा थियो । विशेष गरी, पर्वतारोहण गर्दा कुन बेला के गर्नुपर्छ भन्ने कला, निर्णय लिने क्षमता तथा नेतृत्व गर्ने तरिकाको बारेमा उनलाई राम्रो ज्ञान थियो । तेन्जिङसँगै सगरमाथा आरोहण गरेका सर एडमण्ड हिलारीले भनेक छन्– ‘तेन्जिङ अत्यन्तै कुशल पर्वतारोही हुन् र उनी सदैव अन्य पर्वतारोहीहरुका लागि उत्साह र आदर्शका स्रोत रहनेछन् ।’


पर्वतारोहणको क्रममा आउने समस्याहरुलाई जबर्जस्ती मिच्न खोज्ने हैन, त्यसलाई सम्मान गरेर त्यसबाट पन्छिने तथा पर्खिने बाटो र उपायहरु उनलाई राम्ररी थाहा थियो । विशेष गरी, पर्वतारोहण गर्दा कुन बेला के गर्नुपर्छ भन्ने कला, निर्णय लिने क्षमता तथा नेतृत्व गर्ने तरिकाको बारेमा उनलाई राम्रो ज्ञान थियो । तेन्जिङसँगै सगरमाथा आरोहण गरेका सर एडमण्ड हिलारीले भनेको छन्– ‘तेन्जिङ अत्यन्तै कुशल पर्वतारोही हुन् र उनी सदैव अन्य पर्वतारोहीहरुका लागि उत्साह र आदर्शका स्रोत रहनेछन् ।’


त्यसबेला, आजभोलि जस्तो सगरमाथा आरोहण गर्नका लागि चारवटा आधार शिविर नभएर नौं वटा आधार शिविरहरु हुने गर्थे । नवौं आधार शिविर सगरमाथाभन्दा करीब १ हजार फिट तल खडा गरिन्थ्यो । यो भनेको आजभोलिको चौथो आधार शिविरभन्दा करीब २ हजार फिट माथि हो । तर त्यसबेला पहिलो आधार शिविर आजभोलिको आधार शिविरभन्दा निकै तल खडा गरिएको हुन्थ्यो ।

तेन्जिङले ढुंगा टिपेर गोजीमा हाले !

सगरमाथा आरोहणको क्रममा जसोतसो तेन्जिङ र हिलारी नवौं शिविरसम्म पुगे । त्यहाँ केही सुस्ताएपछि उनीहरु पुनः अगाडि बढे । यसरी अगाडि बढ्ने क्रममा उनीहरु दुबैजना थाकेर लोत भइसकेका थिए । त्यसैले उनीहरु पुनः सगरमाथाको ढुंगे पहरामा सुस्ताउन थाले । सुस्ताउने क्रममै तेन्जिङले यसो माथितिर हेर्दा देखे– सगरमाथाको चुचुरो नजिकै छ, अलिकति बल गरे अब त्यहाँ पुग्न गाह्रो छैन । यो सोचाइले उनीहरुको थकान छुमन्तर भयो । यी दुई साहसी पर्वतारोहीहरु पुनः शिखरतर्फ बढ्न थाले ।

शिखरतर्फको कठीन यात्रामा अगाडि बढ्ने क्रममा अब उनीहरु चुचुरोभन्दा करीब १०० फिट मुन्तिर आइपुगे । त्यहाँको नांगो चट्टानमा दुईवटा पाल टाँग्न मिल्ने स्थान थियो । त्यहाँ उनीहरु केही बेर सुस्ताए । संसारको सर्वोच्च शिखरको चट्टान संसारलाई देखाउन तेन्जिङले त्यहाँबाट ढुंगाका दुई वटा टुक्रा टिपेर आफ्नो गोजीमा हाले ।

जब तेन्जिङ खुसीले चिच्याए !

आखिरमा, तेन्जिङको कुशल पथप्रदर्शनले संसारकै सबैभन्दा उच्च स्थान सगरमाथाको शिखरमा मानवको पाइलालाई पु¥याएरै छाड्यो । नेपालको एउटा दुर्गम गाउँमा जन्मेका उत्साही शेर्पा तेन्जिङ र न्यूजिल्याण्डका मौरीपालक एडमण्ड हिलारी अन्तत्वोगत्वा मे २९, १९५३ का दिन अर्थात् वि.सं. २०१० साल जेठ १६ गते करीब ११ः३० बजेतिर संसारको सर्वोच्च शिखर सगरमाथामा पुगिछाडे ।


सगरमाथाको चुचुरोमा पाइला टेकेपछि तेन्जिङ खुसीले चिच्याए– ‘आखिरमा हामीले सगरमाथा चढिछाड्यौं !’ तर तेन्जिङ अनि हिलारी दुबैले अक्सिजन मास्क लगाइराखेको हुनाले तेन्जिङले के भने, त्यो हिलारीले बुझ्न सकेनन् । हिलारीले त्यतिबेलासम्म पनि आफूहरुले संसारको सर्वोच्च शिखरमाथि विजय हासिल गरिसकेको कुरा अनुभव गर्न सकेका थिएनन् । हिलारीले एक ठाउँमा उल्लेख गरेका छन्– ‘सगरमाथाको चुचुरोमा पुगिसक्दा पनि हामीले सगरमाथा आरोहण गरिसक्यौं भन्ने कुरामा मलाई विश्वास थिएन । म चुचुरोमा उभिएर सगरमाथा आउन अझ कति बाँकी छ भनी सोच्दैथिएँ ।’


सगरमाथाको चुचुरोमा पाइला टेकेपछि तेन्जिङ खुसीले चिच्याए– ‘आखिरमा हामीले सगरमाथा चढिछाड्यौं !’ तर तेन्जिङ अनि हिलारी दुबैले अक्सिजन मास्क लगाइराखेको हुनाले तेन्जिङले के भने, त्यो हिलारीले बुझ्न सकेनन् । हिलारीले त्यतिबेलासम्म पनि आफूहरुले संसारको सर्वोच्च शिखरमाथि विजय हासिल गरिसकेको कुरा अनुभव गर्न सकेका थिएनन् । हिलारीले एक ठाउँमा उल्लेख गरेका छन्– ‘सगरमाथाको चुचुरोमा पुगिसक्दा पनि हामीले सगरमाथा आरोहण गरिसक्यौं भन्ने कुरामा मलाई विश्वास थिएन । म चुचुरोमा उभिएर सगरमाथा आउन अझ कति बाँकी छ भनी सोच्दैथिएँ ।’

सगरमाथाको चुचुरोमा पुगेपछि तेन्जिङले हिलारीलाई ग्वाम्मै अंगालो मारेर आफूहरुले सगरमाथामाथि विजय प्राप्त गरेको संकेत गरे । बल्ल हिलारीले आफूहरुले सगरमाथा आरोहण गर्न सकेको कुरा बुझे । त्यसपछि तेन्जिङले र हिलारी केहीबेरसम्म अंगालोमै आबद्ध भएर आफ्नो यस ऐतिहासिक खुसीलाई बाँडे ।

भावुक बनेका तेन्जिङले चुचुरोमा नीलो कलम गाड्दा.....

त्यसपछि तेन्जिङ र हिलारीले आफूले ल्याएका तथा नातेदारहरुले पठाएका प्रतिक चिन्हहरु त्यहाँ एउटा खाडल खनेर राखे । त्यस क्षण विजयको खुसीले भावुक बनेका बौद्धमागी तेन्जिङको मनमा आफ्ना लुगा तथा उपकरणहरु नै छाड्ने भावुक विचार पनि पलायो तर त्यसो गर्न व्यवहारिक रुपमा सम्भव थिएन । त्यसैले उनले आफूसँग भएको केही विस्कुटहरु, केही चकलेटहरु तथा एउटा निलो कलम गाडे । यो निलो कलम उनलाई उनका आफ्नै कान्छी बहिनी निमाले सगरमाथाको शिखरमा चिनो छाड्न भनी दिएकी थिइन् । वास्तवमा, त्यो कलम एउटा साधारण कलम थियो, तर सात वटा भाषा बोल्न सक्ने, लेख्न पढ्न चाहिँ नजान्ने तेन्जिङको लागि भने त्यो कलम असाधारण थियो, किनभने, त्यो कलम उनकी प्रिय बहिनीको सबैभन्दा प्रिय कलम थियो । त्यो कलम तेन्जिङको परिवारको तर्फबाट सगरमाथामा चढाउन पठाइएको सबैभन्दा प्रिय र अनमोल उपहार थियो । आफूले सो कलम सगरमाथाको चुचुरोमा गाड्दा तेन्जिङले हिलारीलाई देखाए, हिलारीले पनि मुस्कुराएर उनको कुरा बुझेको संकेत गरे ।


उनले आफूसँग भएको केही विस्कुटहरु, केही चकलेटहरु तथा एउटा निलो कलम गाडे । यो निलो कलम उनलाई उनका आफ्नै कान्छी बहिनी निमाले सगरमाथाको शिखरमा चिनो छाड्न भनी दिएकी थिइन् । वास्तवमा, त्यो कलम एउटा साधारण कलम थियो, तर सात वटा भाषा बोल्न सक्ने, लेख्न पढ्न चाहिँ नजान्ने तेन्जिङको लागि भने त्यो कलम असाधारण थियो, किनभने, त्यो कलम उनकी प्रिय बहिनीको सबैभन्दा प्रिय कलम थियो ।


चार वटा देशका झण्डाहरु फहराइए

त्यसपछि उनले गोजीबाट डोरीमा टाँसिएका चार वटा झण्डाहरु निकाले । यी चारवटा झण्डाहरु बेलायत, नेपाल, भारत र न्यूजील्याण्डका थिए । उनले झण्डा टाँसिएको उक्त डोरीलाई हिँउमा गाड्ने औजार ९क्ष्अ(बहभ० मा बाँधेर हावामा फहराए । उनले झण्डा फहराएको यो क्षणलाई हिलारीले तस्वीरमा कैद गरे । फर्कदा उक्त औजार चाहिने भएकोले तेन्जिङले झण्डालाई ‘आइस एक्स’बाट झिकेर हिउँको ढिस्कोमा बाँधिदिए ।

सगरमाथाको चुचुरोमा पुगेर यी कार्यहरु गर्दासम्म तेन्जिङ तिर्खाले ब्याकुल बनिसकेका थिए ।  उनले आफूले बोकेको कागती–पानी खान खोजे तर सकेनन् । किनभने, सगरमाथाको चिसोले उनको पानीको बोतलको मुख नै जमिसकेको थियो । उनले तिर्खालाई बिर्सिदिएर केही विस्कुट खाए, केही विस्कुट हिलारीलाई पनि खान दिए ।

साथीलाई सम्झँदा.........

सगरमाथाको चुचुरोमा आफूहरु उभिएको त्यस क्षणमा सहृदयी तेन्जिङले आफ्ना अनन्य मित्र रेमण्ड ल्यामबर्टलाई सम्झन पुगे । ठीक एक वर्ष अगाडि अर्थात् मे २८, १९५ का दिन उनी र उनका स्वीस मित्र ल्यामबर्ट सगरमाथा चढ्ने अदम्य इच्छा र साहस बोकेर आउँदा प्रतिकूलताका कारण सरगमाथाभन्दा ७७८ फिट तलबाटै फर्कनु परेको थियो । अघिल्लो आरोहणको बेला ल्यामबर्टले तेन्जिङलाई चिनोस्वरुप रातो स्कार्फ दिएको घटना, ल्यामबर्ट र आफूले एउटै पालमा रात बिताएका क्षणहरु तेन्जिङका आँखा अगाडि चलचित्रका दृश्यहरुजस्तै झल्झल्ती आउन थाले । आफ्ना अनन्य मित्र ल्यामबर्टले दिएको रातो स्कार्फ तेन्जिङले दार्जिलिङदेखि नै आफूसँग नछुटाइकन सगरमाथाको चुचुरोसम्म लिएर आएका थिए । ‘अहिले सगरमाथा आरोहण गरेको बेला यदि ल्यामबर्ट पनि आफूसँग भएको भए कति जाती हुने थियो’, तेन्जिङले यस्तो सोच्न पुगे ।

सगरमाथाको चुचुरोमा पुग्दा मौसमले पनि तेन्जिङ र हिलारीलाई साथ दिएको थियो । उनीहरुले सगरमाथा आरोहण गरेको त्यस क्षण सगरमाथाको मौसम शान्त र सफा थियो । शिखरमा करीब १५ मिनेट बिताएर तेन्जिङ एवं हिलारी फर्केका थिए ।

विश्व–नायक बन्न पुगेका तेन्जिङ

सगरमाथाको सफल आरोहणले अब तेन्जिङ विश्वका हिरो बन्न पुगे । उनले विश्व प्रसिद्धि कमाए, विश्वका धेरै मुलुक एवं नेताहरुबाट उनले विभिन्न सम्मानहरु प्राप्त गरे ।  बेलायतले उनलाई जर्ज क्रसले सम्मानित गर्यो, उनी नेपाल ताराबाट विभूषित भए । बेलायतका दुई वटा सडकहरु उनकै नाममा नामाकरण गरिए ।

भारतका प्रधानमन्त्री नेहरु उनलाई भेट्न दार्जिलिङ नै आए । उनलाई विभिन्न मुलुकहरुबाट भ्रमणका निम्तोहरु प्राप्त भए । यस क्रममा सगरमाथाको सफल आरोहणपछि तेञ्जिङलाई बेलायत बोलाइयो । एडमन्ड हिलारीले एक अन्तर्वार्तामा भनेका छन्, “हामी त जान तयार भयौं । तर तेञ्जिङसँग पासपोर्ट थिएन ।” त्यसबेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले तेञ्जिङलाई पासपोर्ट दिए । यसमा नेहरूले नितान्त व्यक्तिगत चासो दिएको पाइन्छ । नेपाल सरकारले यसमा त्यति चासो दिएन, जति नेहरूले दिए । तेञ्जिङका संरक्षक बने– नेहरू । नेहरूले तेञ्जिङलाई दार्जिलिङमा माउन्टेनियरिङ स्कूल खोल्न र त्यसलाई चलाउन मद्दत गरे । पछि गएर तेञ्जिङले भारतीय नागरिकता पनि लिए ।


भारतका प्रधानमन्त्री नेहरु उनलाई भेट्न दार्जिलिङ नै आए । उनलाई विभिन्न मुलुकहरुबाट भ्रमणका निम्तोहरु प्राप्त भए । यस क्रममा सगरमाथाको सफल आरोहणपछि तेञ्जिङलाई बेलायत बोलाइयो । एडमन्ड हिलारीले एक अन्तर्वार्तामा भनेका छन्, “हामी त जान तयार भयौं । तर तेञ्जिङसँग पासपोर्ट थिएन ।” त्यसबेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले तेञ्जिङलाई पासपोर्ट दिए । यसमा नेहरूले नितान्त व्यक्तिगत चासो दिएको पाइन्छ । नेपाल सरकारले यसमा त्यति चासो दिएन, जति नेहरूले दिए । तेञ्जिङका संरक्षक बने– नेहरू ।


नेहरुको विशेष चासोमा खोलिएको भारतकै पहिलो पर्वतारोहण इन्स्टिच्यूट दार्जिलिङस्थित ‘हिमालय माउन्टेनियरिङ इन्स्टिच्यूट’को प्रथम फिल्ड डाइरेक्टरमा नियुक्त गरियो– तेन्जिङलाई । त्यसबेला नेहरुले तेन्जिङलाई भनेका थिए– ‘अब तपाईंले हज्जारौं तेन्जिङहरुलाई जन्माउनुपर्छ ।’

उनी यस संस्थाको फिल्ड डाइरेक्टर पदमा २२ वर्षसम्म रहे । स्थानीय जनताहरुको सहयोगमा निर्माण गरिएको उनको विशाल घरलाई उनले आफ्नो पारिवारिक पृष्ठभूमि, जन्मस्थानको नामको आधारमा नामाकरण गरे– घाङ ला । सगरमाथाको शिखर मात्र हैन, सम्मान, प्रसिद्धि र ख्यातिको चुचुरो नाघ्दा पनि तेन्जिङले आफ्नो जन्मस्थानलाई बिर्सेनन् ।

तेन्जिङका लागि सगरमाथा आरोहण जीवनको सबैभन्दा ठूलो धोको थियो । उनले सगरमाथा र त्यस वरिपरिका अन्य शिखरहरुलाई  हिउँ र चट्टानको थुप्रोको रुपमा मात्र कहिल्यै हेरेनन् । उनी हिमशिखरहरुलाई जहिले पनि जीवन्त रुपमा लिने गर्थे । सगरमाथाको विजयपछि लेखिएको आफ्नो जीवनीमा एक ठाउँमा उनले भनेका छन्– ‘मैले मेरो जीवनमा प्रतिक्षा गरेका ती महान क्षणहरुमा पर्वतहरु मेरा लागि हिउँ र चट्टानका निर्जीव थुप्रा हैनन्, बरु जीवन्त र मैत्रीपूर्ण रहे । वास्तवमा, सगरमाथा मेरो लागि आमा पोथी थिइन् र वरिपरिका अन्य शिखरहरु उनका पखेटामुनि रहेका चल्लाहरु ।’

एक किलोमिटरभन्दा लामो शवयात्रा

चास्सचुस्स रक्सी खाइरहने र कमजोर स्वास्थ्य भएका तेञ्जिङ बिरामी भई सन् १९८५ मा दिल्ली अस्पताल भर्ना भएका थिए । मर्छुजस्तो लागेर होला उनले आफ्नो अनन्यमित्र हिलारीलाई भेट्ने इच्छा जाहेर गरे । उनी दिल्लीबाट दार्जिलिङ पुगे । हिलारीले भेट्न पाउनुभन्दा पहिले सन् १९८६ मे ९ मा तेञ्जिङको दार्जिलिङमा निधन भयो । सरल, पवित्र र निश्चल स्वभाव भएका तेन्जिङ जनतामाझ कतिविधि लोकप्रिय थिए भने, उनको निधनमा निस्केको शवयात्रा एक किलोमिटरभन्दा लामो थियो !

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.