
रौतहटमा आज फेरि थपिए ५६ जना, संक्रमितको संख्या १८३ पुग्यो

रौतहट । रौतहटमा शुक्रवार अपरान्ह ५६ जना कोरोना भाईरसको संक्रमित थपिएका छन् । रौतहटमा योसहित संक्रमितको संख्या १ सय ८३ पुुगेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठकाअनुसार राजपुर नगरपालिकामा ३३, ईशनाथमा १५, मौलापुरमा ६ र बौधीमाईमा २ जना गरी ५६ जनामा कोरोना भाईरस पुष्टी भएको हो ।
हिजो साँझ जिल्लामा संक्रमितको संख्या १ सय २७ पुगेको थियो । शुक्रवार पुष्टि भएका संक्रमितहरुको स्वाब संकलन गरी जाँचको लागी पठाइएको थियो । संक्रमित सबैजना घरका मानिसको सम्पर्कमा नआएका कारण अन्यलाई जोखिम नहुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा संक्रमितको संख्या बढदै गए पनि जिल्ला सदरमुकाम गौरबाहेक प्राय सबै स्थानमा लकडाउन उल्लंघन भइरहेको छ । गरुडा, कटहरिया लगायत ग्रामीण भेगका सबै पसलहरु निर्वाध रुपमा खुलिरहेका छन् । बिना मास्क सामाजिक दूरीको बेवास्ता गर्दै बजारहरुमा दैनिकजसो भीड लागिरहेकाले जिल्लामा कोरोना भाईरसबाट संक्रमणको जोखिम बढदै गएको स्थानीयहरुले बताउँदै आएका छन ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ