केन्द्रीय संस्करण

कोरोना कहरमा भोकको डर

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0

सदाझैं एक्लै थिएँ 
हिँड्दै थिएँ गोरेटोमा 
डरलाग्दा घुम्ती बढ्दै थिए 
सुनसान बाटामा ।

धेरै तल बग्दो खोला एउटा, 
सानो धर्सो देखिए जस्तो ।
आवाज त्यसको सुसेली थियो
कहिले लाग्थ्यो अट्टहास जस्तो ।।

कोरोना कहरले छोपेको छ
डराएको छ संसार सारा ।
कोरोनासँग डराउने कि 
भोकमारीसँग लड्ने हामी ?

कति रहर लिएर हिँड्दैछौ 
भेट्छु लामो अन्तरालपछि सारा ।
संसार भुल्छु जब भेट्छु 
आफ्ना प्रिय परिवार सारा ।।

कोही छैन यात्रामा 
एक्लै उकालो चढ्दैछु
खुशी धेरै छ मनमा,
तर औधी नै डराएको छु ।

सोच्ने के नै हो र ? 
केही जम्मा गर्ने र दुई छाक टार्ने 
आउनै लागेका चाडबाडमा रमाउने ।
सोचेको कहिल्यै पूरा भएको छ र ?
हामी जस्ताको, 
आफ्नै पेट मारेर राखेको कमाइले कतिनै पुर्ने ।

जति गन्तव्य नजिक पुग्छु 
काप्न थाल्छ यी खुट्टा मेरा ।
दुई चार छाक त मीठो मसिनो खाउला
केटाकेटी अनि परिवारसँग रम्न पाउँला ।
हिजोका जिम्वल आजका सरकार,
फेरि तिनकै बारी जोत्नुपर्ला ।
कहिले थोरै पैसा पाउँला 
कहिले भागमा छाक टार्ने अन्न पर्ला ।

खुइय सुस्केरा हाल्दै 
सम्झी सबैलाई अघि बढ्नै पर्छ ।
जिम्मा लिएकै छु मैले सबैको 
कर्तव्य पूरा म आफैले नै गर्नै पर्छ ।

खै केनै परिवर्तन भयो र 
आफै परिवर्तित भएको छु ।
हिजो टाढैबाट ढोग गर्थें 
आज भोलि नमस्कार गर्ने गरेको छु ।।

हिजो तिनका आगनमा बस्थेँ 
आज पिँढीको बेन्चमा बस्ने भाको छु ।
यता नमस्कार गरे पनि 
उता त दिनरात उभिएर सलाम ठोकेकै छु ।

खै यो कोराना किन आएको होला 
हामी जहिल्यै मर्नेलाई रोगले नै मार्न हो कि ।
बडो कमाउँछौँ माथि उठ्न भन्थ्यौ 
पहिले अरूले मार्थे अब हामी मार्छौं भन्न हो कि ।

सोच्दै हिँडे पुग्ने बेला चेत आयो  
जहाँ नि मर्ने नै रैछौ हामी जस्ता ।
हिजो भोकले, आज फेरि कोरोना र
त्यही छाक टार्ने चिन्ताले ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.