सीमानामा मृत्यु भएका यादवका परिवारलाई नगरपालिकाले १ लाख दिने
शुक्रबार, १६ जेठ २०७७, १५ : ४७
जनकपुर । भोकका कारण सीमानाकामा मृत्यु भएका परिवारजनलाई शहिदनगर नगरपालिकाले राहत दिने घोषणा गरेको छ । नगरपालिकाले राहतस्वरुप मृतक परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । धनुषाको जटही सिमानाकामा भोकका कारण मृत्यु सोही नगरपालिका–९ बस्ने ३२ वर्षीय बिरेन्द्रकुमार गुरमैता यादवको मृत्यु भएको थियो ।
नगरपालिकाले राहतस्वरूप मृतकका परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराएको नगर प्रमुख उदय बरबरियाले जानकारी दिए । बुधबार भारतको गुजरातबाट घर फर्कने क्रममा नेपाल–भारतको सीमानाका जटहीमा उनको मृत्यु भएको थियो । उनको मृत्युपछि भारतको विभिन्न स्थानबाट आएका नेपालीहरु आक्रोशित भएर प्रदर्शन समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश