शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको हत्या गरी आत्महत्या

शुक्रबार, १६ जेठ २०७७, १४ : ३७
शुक्रबार, १६ जेठ २०७७

मोरङ ।  बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।

निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो । पछि उनी आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरी घाइते भएपछि नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप