कमलरी प्रथाको फिल्म ‘लावाजुनी’ सार्वजनिक
काठमाडौँ । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ सार्वजनिक भएको छ ।
सञ्चारकर्मी केएलपीडितको निर्माण तथा निर्देशन गरेको चलचित्रले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथा व्यथा र मुक्तिको आकांक्षा विषयवस्तु बनाएको छ ।
चलचत्रिमा छबिलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रीया देवकोटा, निश्मा वलीलगायतको अभिनय रहेको छ ।
संतोष श्रेष्ठको संगीत, कोमल वली, कुलानन्द गिरी, स्वीकृति डाँगी, कोमलसरी जिसी र यांशु श्रेष्ठको स्वर रहेको चलचित्रमा पहल निर्माणको ब्यानरमा बनेको हो । यसका कार्यकारी निर्माता काकार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने श्रीधर कुमार लम्साल, रीना बस्नेत, संझना जिएम, बसन्तराज भट्ट र शारदा बुढाथोकी निर्माता रहेका छन् ।
लडकाउनका कारण लामो समयसम्महल बन्द रहेकोले सर्वसाधारणलाई मनोरन्जन दिलाउन चलचित्र युट्युवमा रिलिज गरेको निर्देशक पीडितले बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा