भेडीखर्के साइँला फेरि अस्वस्थ, थप उपचारका लागि काठमाडौं ल्याइयोे
बेसीशहर (लमजुङ)– ठाडोभाका शिरोमणि दीर्घराज अधिकारी अर्थात भेडीखर्के साइला फेरि अस्वस्थ्य भएका छन् । जिल्लास्थित अस्पताल तथा उपचार केन्द्रहरूमा उपचार हुन नसेकपछि उनको थप उपचारका लागि मंगलबार काठमाडौँ लगिएको छ ।
उनको उपचार गर्न सक्ने आर्थिक अवस्था नभएको हुँदा उपचार खर्च सरकारले बेहोर्नु पर्ने माग गरिएको छ । ८४ वर्षीय भेडीखर्के साइँलालाई दमका साथै ज्वरो, खान मन नहुने आदि समस्या रहेको र शरीरमा पानिको मात्रा निकै कम रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । सलाइन दिनका लागि शरीरमा नशा फेला पार्न कठिन भएको र राम्रोसँग खाना नखाएको उनका आफन्त शस्सेर लौडारीले बताए ।
तीन वर्षअघि पनि भेडखर्के साइला थला परेका थिए । त्यस समयमा पनि एक महिनासम्म वीरअस्पतालमा राखेर उपचार गरेपछि उनी सभा समारोहमा ठाडोभाका गीत गाएर हिड्न सक्ने भएका थिए । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका संरक्षक समेत रहेका उनी पछिल्ला वर्षमा जेठी छोरी र ज्वाई शम्सेर लौडारीको साथमा बस्दै आएका छन् । गण्डकी अञ्चलमै चर्चित रहेको ठाडोभाकाको एकमात्र अभियन्ता भेडीखर्के हुन् ।
उनको उपचार खर्च सबै सरकारले बेहोर्नु पर्ने एक वक्तव्यमार्फत ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताएका छन् । पहाडीसहित प्रतिष्ठानका सचिव कृष्णबहादुर आले भेडीखर्केको निवास सुन्दरबजार गएर उनको स्वास्थ्यलाभको कामना गरी काठमाडौँ पठाएर सदरमुकाम फर्किएको पहाडीले बताए ।
नौ वर्षको उमेरदेखि गाउन थालेको त्यो ठाडोभाका गीत उनले एक महिनाअघिसम्म जिल्लाका सभासमारोहमा गाउने गर्थे । उनी यही भदौ २९ गतेका दिन ८५ वर्षमा प्रवेश गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म