बिडी सल्काउदा शरीर नै जल्यो, एकको मृत्यु
जनकपुर । बिडी खान बसेका एक बृद्धको ज्यान गएको छ । बिडी खाने क्रममा अचानक वृद्ध रामसुकुल साहको कपडामा आगो सल्केपछि उनले आगोलाई नियन्त्रणमा लिन नसक्दा उनको शरीरको बिभिन्न भाग जलि घाइते भएको सर्लाहीका सूचना अधिकृत समेत रहेका प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिए ।
बिहीबार राति प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहँदा सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७० वर्षीय रामसुकुल साहको मृत्यू भएको हो । साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बिहीबार राति नै मृत्यु भएको प्रहरी नायब उपरिक्षक कुँवरले बताए ।
बिडी सल्काएर सलाईको काटी फ्याल्ने क्रममा उनले लगाएको कपडामै रुमलिएको र उनले नियन्त्रणमा लिन नसक्दा आगो लागेर शरीर जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
उनी घरमा एक्लै रहेको र बयोवृद्ध भएकै कारणले उनले आगोलाई नियन्त्रणमा लिन नसकेको परिवारजनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै