साहित्यकार–कलाकार परिचयकोष परिमार्जनसहित आउने
शुक्रबार, १६ जेठ २०७७, १२ : ३६
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘साहित्यकार-कलाकार परिचय कोश’को नयाँ संस्करण प्रकाशन गर्ने भएको छ । यसअघि प्रकाशित कोशलाई परिमार्जन गरी प्रकाशन गरिने भएको हो ।
कोशको परिमार्जित संस्करणमा यसअघिको संस्करणमा छुटेका वाङ्मयका भाषासाहित्य, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्र, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, विज्ञान, कलासङ्गीत, नृत्य, अभिनयलगायत विभिन्न विधाका लेखक तथा प्रतिभाको विवरण समावेश गरी अद्यावधिक गरेर प्रकाशन गर्न लागिएको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बताए ।
सदस्य सचिव उपाध्यायले साहित्यकार, कलाकार तथा प्रतिभाहरुलाई आगामी असार १५ भित्र आआफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी