शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ संक्रमित देखिएपछि दक्षिण कोरियाद्वारा २ सय बढी स्कूल बन्द

शुक्रबार, १६ जेठ २०७७, १० : ०१
शुक्रबार, १६ जेठ २०७७

दक्षिण कोरियामा कोरोनाका नयाँ संक्रमित भेटिएपछि सरकारले करिब २ सय ५१ विद्यालय बन्द गर्नुपरेको छ ।

 संक्रमणको मामिलामा कमी आएपछि केही दिनअघि यहाँ बच्चाका लागि स्कूल खोलिएको थियो ।

सोलमा भएका संवाददाता लोरा विकरका अनुसारा पछिल्लो २४ घण्टामा यहाँ कोरोनाका ५६ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन ७९ संक्रमित भेटिएका थिए जो पछिल्लो दुई महिनामा सबैभन्दा धेरै हो ।

यीमध्ये धेरैजसो संक्रमित पश्चिम कोरियाको बूचनमा भएको एक डिस्ट्रिब्यूशन सेन्टरमा पाइएको छ । बूचन बाक्लो जनसंख्या भएको इलाका भएका कारण यहाँ अधिकारीको चिन्ता बढेको छ ।

बूचनमा देशको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी कूपांगको कार्यालय छ । अधिकारीका अनुसार कम्पनीले कोरोना संक्रमण फैलनबाट रोक्नका लागि आवश्यक सावधानी अपनाएको थिएन ।

स्वास्थ्य अधिकारीका अनुसार उनीहरुले कामदारको जुत्ता र कपडामा कोभिड–१९ भाइरसको केही निशाना भेटेका छन् । पूरा देशभरी यो सेन्टरका कर्मचारीको सम्पर्कमा आएका सबै व्यक्तिलाई ट्र्याक गरिँदैछ र उनीहरुको परीक्षण पनि गरिँदैछ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप