भक्तपुरकी महिला जनप्रतिनिधिले एक हप्तामै जितिन् कोरोना

भक्तपुर – भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिले एक हप्तामा नै कोरोना भाइरस जितेकी छिन् ।
यही जेठ ९ गते भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीलगायतको आरडीटी र पीसीआर विधीबाट कोरोना संक्रमण भए नभएको परिक्षण गरिएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले रातोपाटीसँग कुरा गर्दै भने, ‘उहाँ महिला सदस्य कोरोना भाइरस (कोभिड–१९) मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।’
महिला वडा सदस्य पाटन अस्पतालबाट बिहीबार डिस्चार्ज भएकी हुन् । भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा जेठ ६ मा ‘नोजल स्वाब’ संकलन गरि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
पाटन अस्पतालमा बुधबार र बिहीबार गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि कोभिड आईसीयू ब्लकबाट उनलाई डिस्चार्ज गरिएको नगरप्रमुख प्रजापतिले बताए ।
आरडीटी विधीबाट १९४ जनाको परिक्षण गरिएको पीसीआरबाट १६८ जनाको परिक्षण गरेकोमा ११९ जनाको रिर्पोट नेभेटिभ आएको र ती महिला जनप्रतिनिधीको भने पोजेटिभ आएको थियो । अन्य भने परिक्षणको रिर्पोट आउन बाकीँ रहेको नगरप्रमुख प्रजापतिले बताए ।
कस्तो छ संक्रमण फैलिन नदिने तयारी ?
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिका अनुसार नरगपालिकाले कोरोना भाइरसको महामारी समुदायमा नफैलियोस् भनेर विभिन्न तयारीहरु गरिरहेको छ ।
दैनिक जसो माइकिङ्ग गरेर जनचेतना फैलाउने काम भइरहको, सरसफाईमा ध्यान दिइएको, क्लोरिन झोल छर्कने काम भइरहेको प्रजापतिले बताए ।
त्यसैगरि नगरपालिकाले भक्तपुर नगरभित्र नेवार समुदायले मनाउने विभिन्न पर्व तथा पुजामा प्रहरी, नगरस्वयमसेवक परिचालन गरेर भिड हुननदिने व्यवस्था मिलाईको छ ।
बाहिरबाट भक्तपुरमा कोठामा बस्न आउनेलाई अनिवार्य कोरोना परिक्षण गर्नु पर्ने प्रावधान राखिएको समेत नगरप्रमुख प्रजापतिले बताए । हालसम्म भक्तपुर जिल्लामा मात्र ४ जनामा कोरोना भाईरस देखिएको छ । भक्तपुर नगरमात्र २ जनामा देखिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना