बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरकी महिला जनप्रतिनिधिले एक हप्तामै  जितिन् कोरोना

शुक्रबार, १६ जेठ २०७७, ०९ : ५६
शुक्रबार, १६ जेठ २०७७

भक्तपुर – भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिले एक हप्तामा नै कोरोना भाइरस जितेकी छिन् । 

यही जेठ ९ गते भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीलगायतको आरडीटी र पीसीआर विधीबाट कोरोना संक्रमण भए नभएको परिक्षण गरिएको थियो । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले रातोपाटीसँग कुरा गर्दै भने, ‘उहाँ महिला सदस्य कोरोना भाइरस (कोभिड–१९) मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।’

महिला वडा सदस्य पाटन अस्पतालबाट बिहीबार डिस्चार्ज भएकी हुन् । भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा जेठ ६ मा ‘नोजल स्वाब’ संकलन गरि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । 

पाटन अस्पतालमा बुधबार र बिहीबार गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि कोभिड आईसीयू ब्लकबाट उनलाई डिस्चार्ज गरिएको नगरप्रमुख प्रजापतिले बताए । 

आरडीटी विधीबाट १९४ जनाको परिक्षण गरिएको पीसीआरबाट १६८ जनाको परिक्षण गरेकोमा ११९ जनाको रिर्पोट नेभेटिभ आएको र ती महिला जनप्रतिनिधीको भने पोजेटिभ आएको थियो । अन्य भने परिक्षणको रिर्पोट आउन बाकीँ रहेको नगरप्रमुख प्रजापतिले बताए । 

कस्तो छ संक्रमण फैलिन नदिने तयारी ?
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिका अनुसार नरगपालिकाले कोरोना भाइरसको महामारी समुदायमा नफैलियोस् भनेर विभिन्न तयारीहरु गरिरहेको छ । 

दैनिक जसो माइकिङ्ग गरेर जनचेतना फैलाउने काम भइरहको, सरसफाईमा ध्यान दिइएको, क्लोरिन झोल छर्कने काम भइरहेको प्रजापतिले बताए । 

त्यसैगरि नगरपालिकाले भक्तपुर नगरभित्र नेवार समुदायले मनाउने विभिन्न पर्व तथा पुजामा प्रहरी, नगरस्वयमसेवक परिचालन गरेर भिड हुननदिने व्यवस्था मिलाईको छ । 

बाहिरबाट भक्तपुरमा कोठामा बस्न आउनेलाई अनिवार्य कोरोना परिक्षण गर्नु पर्ने प्रावधान राखिएको समेत नगरप्रमुख प्रजापतिले बताए । हालसम्म भक्तपुर जिल्लामा मात्र ४ जनामा कोरोना भाईरस देखिएको छ । भक्तपुर नगरमात्र २ जनामा देखिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप